शुक्रबार, जेठ १, २०८३

आज काठमाडौंसहित चार प्रदेशमा भारी वर्षा हुने

शनिबार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

काठमाडौं- शनिबार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।  

National life

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ। यस्तै भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र रहेको छ।

जसको प्रभावले बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल लुम्बिनी, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका भूभागमा सामान्यदेखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।

लुम्बिनी प्रदेश, गण्डकी प्रदेश,  र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा  मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

यस्तै भोलि आइतबार र सोमबार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Sep 24, 2022| 06:39 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।