काठमाडौं- हेटौंडाको कर्रा खोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका तीन जना बालक मृत अवस्थामा फेला परेका छन्।
पौडी खेल्ने क्रममा हेटौंडा– १५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही वडाका १२ वर्षीय कर्साङ जिम्बार र १३ वर्षीय सञ्जीव मोक्तान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पानीमा डुवेको अवस्थामा उनीहरूलाई सशस्त्र प्रहरी र सेनाको टोलीले फेला पारेको हो। हेटौंडा ५ र ७ को सिमाना न्युरेनी नगदह स्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका थिए।
शुक्रबार अपरान्ह ५:३० बजेको आसपासमा चार जना बालक पौडी खेल्न खोलामा प्रवेश गरेकोमा तीन जना बालक हराएको र एक बालकको उद्धार गरिएको थियो।