बुधबार, फागुन २०, २०८२

काबुलको मस्जिद नजिकै विस्फोट, चारजनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिद नजिकै प्रार्थना समाप्त भएको केही मिनेटमै भएको विस्फोटमा परी चार जनाको मृत्यु भएको एक अस्पतालले जनाएको छ।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

काबुल- अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिद नजिकै प्रार्थना समाप्त भएको केही मिनेटमै भएको विस्फोटमा परी चार जनाको मृत्यु भएको एक अस्पतालले जनाएको छ।

गत वर्षको अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि कैयौँ दूतावास रहेको पूर्व ‘ग्रिन जोन’भन्दा केही पर रहेको वजीर अकबर खान मस्जिदको प्रवेशद्वार नजिकै विस्फोट भएको थियो। यस मस्जिदमा अहिले तालिबानका वरिष्ठ कमाण्डर र लडाकुहरू उपस्थित हुने गरेका छन्।

राजधानी काबुलमा आकस्मिक अस्पताल सेवा सञ्चालन गर्ने गैरसरकारी संस्था, इमर्जेन्सीले विस्फोटमा परी १४ जना हताहत भएको जनाएको छ। 'तीमध्ये चार जनाको अस्पताल पुग्नु पहिले नै मृत्यु भइसकेको थियो,' इमर्जेन्सीले ट्वीटरमा भनेको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका अपुष्ट तस्वीरमा मस्जिद बाहिरको सडकमा एउटा कारमा आगो लागेको देखिएको छ। काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले विस्फोट र ‘हताहत’ भएको पुष्टि गर्दै विस्तृत विवरण अनुसन्धानपछि मात्र दिन सकिने बताए। 

सन् २०२० मा पनि सोही मस्जिदमा बम विस्फोट हुँदा मुस्लिम धर्मगुरू ‘इमाम’को मृत्यु भएको थियो। तालिबान सत्तामा फर्किएसँगै युद्ध समाप्त भएपछि अफगानिस्तानमा समग्र हिंसामा उल्लेखनीय कमी आएको छ भने काबुल र अन्य शहरहरूमा बम आक्रमणका घटना भने यदाकदा भइरहेका छन्।

kumari

यी आक्रमणहरूमा धेरै मस्जिद र मौलवीहरूलाई निशाना बनाइएको छ, जसमध्ये केहीको जिम्मेवारी जिहादी इस्लामिक स्टेट समूहले लिएको छ। यसै महिनाको सुरुमा रुसी दूतावासका कार्यालयबाहिर भएको आत्मघाती बम विस्फोटमा दुई जना रुसी दूतावासका कर्मचारीको मृत्यु भएको थियो।

प्रकाशित: Sep 24, 2022| 00:15 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।