बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ‘आर्थिक मन्दीको चपेटामा परेको बेलायतले कर कटौतीसँगै मुद्रास्फितिको सामना गर्ने’

‘आर्थिक मन्दीको चपेटामा परेको बेलायतले कर कटौतीसँगै मुद्रास्फितिको सामना गर्ने’

बेलायतको नयाँ सरकारले दशकौं यताकै उच्च मुद्रास्फीतिको चपेटामा परेका घरपरिवार र व्यवसायलाई सहयोग गर्न शुक्रबार अर्बौं पाउण्डको प्याकेज सार्वजनिक गरेको छ।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

लन्डन- बेलायतको नयाँ सरकारले दशकौं यताकै उच्च मुद्रास्फीतिको चपेटामा परेका घरपरिवार र व्यवसायलाई सहयोग गर्न शुक्रबार अर्बौं पाउण्डको प्याकेज सार्वजनिक गरेको छ।

नयाँ प्रधानमन्त्री लिज ट्रसले नियुक्त गरेका अर्थमन्त्री क्वासी क्वार्तेङले पहिलो छ महिनामा बढ्दो ऊर्जा बिलमा ६० अर्ब पाउन्ड (६८ अर्ब अमेरिकी डलर) खर्च हुने बताउनुभएको छ।

'प्रधानमन्त्रीले बेलायतको सरकारले अहिलेसम्म गरेको सबैभन्दा महत्वपूर्ण हस्तक्षेपको घोषणा गर्न ठूलो गतिका साथ काम गर्नुभएको छ,' क्वार्तेङले संसद्मा भने, 'मानिसहरूले यो जान्न आवश्यक छ कि सहयोग आउँदैछ।'

लाखौं बेलायतीहरूले जीवनयापनको लागतको सङ्कटको सामना गरिरहेका बेला एक विवादास्पद कदममा, क्वार्टेङले वित्तीय सेवा क्षेत्रलाई बलियो बनाउन ब्रेक्जिटपछि बैंकरहरूको बोनसमा ईयू–विरासतमा प्राप्त सीमालाई हटाएको छ।

क्वार्तेङले सबैभन्दा कम आयकर दर घटाउने योजना अघि सार्दै सबैभन्दा बढी ४५ प्रतिशतबाट घटाएर ४० प्रतिशतमा झारेका थिए। ट्रसका पूर्ववर्ती बोरिस जोन्सनले हस्ताक्षर गरेको कम्पनीको मुनाफामा करवृद्धिको योजनालाई पनि चान्सलरले उल्ट्याएका छन्।

kumari

ऋषि सुनकले लागू गरेको राष्ट्रिय बीमामा १.२५ प्रतिशत बिन्दुले वृद्धि भएको रकमलाई उल्ट्याउँदै उहाँले बिहीबार तलबमा लगाइएको कर खारेज गर्ने घोषणा गरेका छन्। विपक्षी नेताहरूले बजेटले धनाढ्यहरूलाई बढावा दिएको भन्दै आलोचना गरेका छन्। 

'सन् २०१० यता कन्जरभेटिभ पार्टीबाट आर्थिक वृद्धिका लागि हामीबाट छ वटा योजना सारिएका थिए, ती सबै असफल भएका छन्,' प्रमुख विपक्षी लेबर पार्टीकी वित्त प्रवक्ता रचेल रिभ्सले भने। 'प्रधानमन्त्री र चान्सलर क्यासिनोमा दुई जना जुवाडेजस्तै छन्,' रिभ्सले भने।

अर्थशास्त्रीहरूले इन्धन र खाद्य पदार्थको मूल्यमा आएको वृद्धिले बेलायत पहिलेनै मन्दीमा फसेको चेतावनी दिइरहेका बेला यो घोषणा आएको हो।

प्रकाशित: Sep 24, 2022| 05:00 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।