मंगलबार, वैशाख २९, २०८३

देशभर सक्रिय कोरोना संक्रमित एक हजार ३७२, १० जना आईसीयूमा

चार हजार ६९ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार आठ सय ३० जनाले पिसिआर र दुई हजार दुई सय ३९ जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ। सो अवधिमा चार हजार ६९ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार आठ सय ३० जनाले पिसिआर र दुई हजार दुई सय ३९ जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  

National life

आज ८७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार एक सय १९ पुगेको छ। सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय ७१ रहेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ। होम आइसोलेसनमा एक हजार तीन सय २२, संस्थागत आइसोलेसन ४९ र आईसियूमा १० जना सङ्क्रमित रहेका छन्। 

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ। सून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, तेह्रथुम, रामेछाप, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, हुम्ला, डोल्पा, कालिकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख र दार्चुला रहेका छन्। 

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ५३८, ललितपुर एक सय ९१ र भक्तपुरमा २४ सक्रिय सङक्रमित रहेका छन्। कुलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।  

प्रकाशित: Sep 23, 2022| 20:35 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्