शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कामै नगरी आयोजना सम्पन्‍न भएको भन्दै रकम भुक्तानी गरेपछि...

कामै नगरी आयोजना सम्पन्‍न भएको भन्दै रकम भुक्तानी गरेपछि...

सुर्खेतको साविक घुमखहरे गाविस–९ स्थित लामिताले मोटर सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्षलगायतले सरकारी स्रोतबाट प्राप्त भएको रकम हिनामिना गरी काम नै सम्पन्न नभएको आयोजना सकिएको भन्दै नक्कली बिल बनाएर भुक्तानी लिएको पाइएको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

सुर्खेत- कुनै पनि विकास निर्माणको काम सम्पन्न भएपछि त्यसको भुक्तानी दिइन्छ। तर, काम नै नगरी भुक्तानी दिइयो भने त्यसलाई के भन्ने? उत्तर सरल छ- अख्तियारको दुरुपयोग। यस्तै भएको छ, सुर्खेतको एक सिँचाइ आयोजनाको हकमा।

National life

सुर्खेतको साविक घुमखहरे गाविस–९ स्थित लामिताले मोटर सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्षलगायतले सरकारी स्रोतबाट प्राप्त भएको रकम हिनामिना गरी काम नै सम्पन्न नभएको आयोजना सकिएको भन्दै नक्कली बिल बनाएर भुक्तानी लिएको पाइएको छ।

आर्थिक वर्ष २०६४/६५ देखि आव २०६८/६९ सम्म आयोजनामा रु चार लाख ३८ हजार पाँच सय बराबरको रकम हिनामिना गरेको पाइएको छ। आयोगले साविक घुमखहरे गाविसका सचिव खड्गबहादुर रोकाया विरुद्ध एक लाख ४८ हजार पाँच सय बराबरको बिगो दावी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

त्यस्तै, सोही गाविसका तत्कालीन सचिव देवीलाल सुनार विरुद्ध रु चार लाख ३८ हजार पाँचसय, तत्कालीन प्राविधिक सहायक खगेन्द्रप्रुाद उपाध्याय विरुद्ध रु चार लाख ३८ हजार पाँच सय र उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर घर्ती विरुद्ध पनि समान बिगो दावी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

यस्तै, आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल विष्णुप्रसाद ढकालविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ। मालपोत कार्यालयले असुल गरेको राजश्व रकम दाखिला नगरी उनीहरूले भ्रष्टाचार गरेको पाइएको छ।

सेवाग्राहीबाट सङ्कलन गरेको रु १३ लाख ९९ हजार नौ सय ६२ मध्ये रु एक लाख ६२ हजार मात्रै राजश्व खातामा दाखिला गरी रु १२ लाख ३७ हजार नौ सय ६२ बराबरको रकम हिनामिना गरेको पाइएको छ। आयोगले आरोपीलाई बिगो बमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको छ।

यस्तै आयोगले सप्तरीको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिवनारायण यादवविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ। घाँस विकास कार्यक्रमको पेश्की लिई घाँस खरिद तथा फार्मको सञ्चालकबाट घाँस खरिद गरे वापत घुस लिएको पाइएको छ। घाँस खरिद गरेको भनी रु एक लाख ८० हजार बराबरको सरकारी रकम हिनामिना गरेको आरोपमा यादव विरुद्ध मुद्दा दायर गरिएको आयागले जनाएको छ।

यस्तै, गुणस्तरहिन निर्माण गरेको अभियोगमा बाँकेको कोहलपुर–४ रोहिणीखोला सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसमेत तीन जना विरुद्ध रु १५ लाख आठ हजार छ सय नौ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ।

सुर्खेतकै स्म्तिा गाँउपालिका–३ र ४ मा राजकाँडा कोटेश्वर दरबार निर्माणमा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको अभियोगमा सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल र सहायक वन अधिकृत टेकबहादुर राव विरुद्ध रु ६६ हजार सात सय २२ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको छ। 

उनीहरुले रु चार लाख ३६ हजार सात सय २२ बराबरको गैरकानूनी भुक्तानी गरेको आरोप लागे पनि रु तीन लाख ७० हजार बराबरको बिल देखाएको आयोगको भनाइ छ। निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्रबहादुर बस्नेत, उपाध्यक्ष धु्रबकुकमार सिंह, सचिव युवराज पोखरेल र कोषाध्यक्ष पदमाकुमारी बुढा विरुद्ध पनि रु ६६ हजार सात सय २२ बराबरको बिगो दावी गर्दै आजै मुद्दा दायर गरिएको छ। 

प्रकाशित: Sep 23, 2022| 21:40 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।