शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापन गर्न समिति गठन गर्ने सरकारको निर्णय

दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापन गर्न समिति गठन गर्ने सरकारको निर्णय

सरकारले नजिकिएको चाडपर्वका बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- सरकारले नजिकिएको चाडपर्वका बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ।

National life

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएका बेलामा भइरहेका सडक दुर्घटना तत्काल न्यूनिकरणलाई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिनुभएअनुसार मन्त्रिपरिषद्ले प्रवक्ता पोखरेलको संयोजकत्वमा समिति गठन गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।  

समितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, नेपाल प्रहरी ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक वसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वार सदस्य रहेको समिति बनाएको गृहमन्त्रालयले जनाएको छ। 

समितिले सडक दुर्घटना न्यूनिकरणका लागि के गर्नुपर्छ ? सार्वजनिक यातायातको व्यवस्थापन कसरी गर्ने ? आम नागरिकलाई सहरबाट गाउँगाउँसम्म कसरी सुरक्षितरूपमा पु¥याउने भन्नेबारेमा अध्ययय गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने छ।

प्रकाशित: Sep 23, 2022| 21:00 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।