काठमाडौं– नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या आशिंक रुपामा सुधार भएको छ।
मंगलबार बिहान ६ बजेदेखि नेपाल टेलिकमका नेटवर्कमा देखिएको समस्या आशिंक रुपमा समाधान भएको हो । बिहान करिब दुई घण्टा नेपाल टेलिकमको जीएसएम प्रि–पेड र पोस्टपेड मोबाइल सेवामा अबरुद्ध बनेको थियो ।
नेटवर्कको समस्या पूर्णरुपमा समाधान हुन भने अझै समय लाग्ने नेपाल टेलिकमले जनाएको छ । प्राविधिकहरु समस्या समाधान गर्न लागि परेकाले सकेसम्म चाडै हुने टेलिकमको दावी छ । नेवटर्कमा के कारणले खराबी आएको हो भन्नेबारे भने टेलिकमले केही पनि खुलाएको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४