शनिबार, फागुन ३०, २०८२

अस्पतालले भन्‍यो- डा. केसीको स्वास्थ्य बिग्रिँदै गयो

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ।

National life

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जानकारी दिएका हुन्। 

उनका अनुसार हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ। इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा केसीले अस्वीकार गरिरहेको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

डा केसीको दिसामा रगत देखिने समस्या भएपछि अस्पताल भर्ना गरिएको थियाे। अहिले भने दिसामा रगतको देखा नपरेको अस्पतालले जनाएको छ।

स्वास्थ्य क्षेत्रको सुधार माग गर्दै ११ दिनदेखि कैलालीको धनगढीबाट अनशन सुरु गरेका डा केसीको दिसामा रगत देखापरेको लगायतका समस्या उत्पन्न भएपछि यही असोज ६ गते बेलुका अस्पतालमा भर्ना गरिएको हो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 23, 2022| 19:24 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्