मंगलबार, वैशाख २९, २०८३

नक्कली प्रमाणपत्र बनाएर राहत शिक्षकको जागिर, अख्तियारले हाल्यो मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गीता सोडारीविरुद्ध मुद्दा दायर गरेको हो।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

National life

काठमाडौं- नक्कली प्रमाणपत्र बनाएर शिक्षकको जागिर खाएको आरोपमा एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गीता सोडारीविरुद्ध मुद्दा दायर गरेको हो। 

गीताले बोर्ड अफ सेकेन्डरी एजुकेसन दिल्लीबाट एउटै तहका दुई ओटा माध्यामिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली बनाएको आरोप लागेको  छ। आफ्नो योग्यता ढाँटी झुट्टा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानी पुर्‍याएको आरोप उनीविरुद्ध छ। 

झुट्टा प्रमाणपत्र पेस गरी भष्टाचारको कसुर गरेको भन्दै आयोगले विशेष अदालत, काठमाडौं शुक्रबार आरोपपत्र दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए। 

प्रकाशित: Sep 23, 2022| 18:59 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्