शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारीकरण गर्नुपर्ने अपुताली जग्गा व्यक्तिको नाममा, मालपोत प्रमुख र वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

सरकारीकरण गर्नुपर्ने अपुताली जग्गा व्यक्तिको नाममा, मालपोत प्रमुख र वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले उनीहरुमाथि ५४ लाख ८० हजार विगो माग दावी गरेको छ। जग्गा किन्ने अञ्जना दाहालको नामबाट उक्त जग्गा जफत गर्नसमेत माग गरेको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख भीमबहादुर खत्री, बढैयाताल गाँउपालिका-६ का एक वडाध्यक्षसमेतलाई अपुताली खाने कोही नभई सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो।

National life

भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका प्रमुख भीमकुमार खत्री र नासु रुद्रसेन साह, बढैयाताल गाँउपालिका–६ का वडाध्यक्ष रामहरण थारु, बर्दियाको बढैयातालमा बस्ने सैजाद अली तेली र जैनव तेलीका साथै बाँसगढी नगरपालिका–८ बस्ने अञ्जना दाहालविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो। आयोगले शुक्रबार ५४ लाख ८० हजार बिगो रकम मागसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। 

अख्तियारका अनुसार बर्दियाको मैनापोखरी गाविस-१ (हाल बढैयाताल–६)मा चिरकु तेलीका नाममा २ बिघा ६ कट्ठा जग्गा थियो। २०४३ सालमा उनको निधन भएपछि हक खाने कोही भएनन्। कानुन अनुसार त्यो जग्गा स्थानीय तहको स्वामित्वमा जानुपर्ने थियो। तर भूमिसुधार तथा मालपोत कार्यालयले व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेपको आरोप लगाउँदै अख्तियारले मुद्दा हालेको हो। 

अख्तियारले उनीहरुमाथि ५४ लाख ८० हजार विगो माग दावी गरेको छ। जग्गा किन्ने अञ्जना दाहालको नामबाट उक्त जग्गा जफत गर्नसमेत माग गरेको छ। 

प्रकाशित: Sep 23, 2022| 18:51 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।