शनिबार, फागुन ३०, २०८२

शुभश्री कलेजमा दसैं फेष्टिभल

नयाँ बानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्टले शुक्रबार दसैं उत्सव मनाएको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं– नयाँ बानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्टले शुक्रबार दसैं उत्सव मनाएको छ। 'दसैं फेष्ट' नाम राखेर आयोजना गरिएको फेष्टिभलमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरिएको हो।  

National life

चर्चित गायक स्वप्न सुमन र उनको ब्याण्डले उत्सवलाई संगीतमय बनाएको थियो। कार्यक्रममा उनले आफ्ना चर्चित आधा दर्जन गीत गाएका थिए।

कार्यक्रममा मोडल तथा पूर्व मिस युनिभर्स नेपाल २०१७ नगमा श्रेष्ठ प्रमुख अतिथि थिइन्। नगमालाई अर्की पूर्व मिस नेपाल इशानी श्रेष्ठले खादा ओढाएर स्वागत गरिन्। आफूले कलेज पढेका दिनहरु सम्झिँदै नगमाले दसैंको शुभकामना दिएकी थिइन्।

नजिकिँदो दसैंको अवसरमा विद्यार्थीसँग उत्सव मनाउने लक्ष्यका साथ विभिन्न खानाका परिकारको स्टल राखिएको थियो भने विद्यार्थीबीच लक्की ड्र पनि गराइएको थियो।


Laxmi sunrise bank
kumari




प्रकाशित: Sep 23, 2022| 16:44 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्