शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्त्री खाणले गरे काभ्रेमा प्रहरी प्रतिष्ठान भवन शिलान्यास

गृहमन्त्री खाणले गरे काभ्रेमा प्रहरी प्रतिष्ठान भवन शिलान्यास

करिब १० अर्ब बराबरको लागतमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठानमा प्रशासनिक तथा शैक्षिक भवन, खेल मैदान, स्विमिङ पुललगायत भौतिक संरचना निर्माण हुनेछन्।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको पनौती नगरपालिका–६ मा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान भवन निर्माणका लागि  भूमिपुजन गरेका छन्।   

National life

२५ नोभेम्बर २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण आएका बेला प्रधानमन्त्री सुशील कोइराला र प्रधानमन्त्री मोदीले संयुक्त रूपमा परियोजना शिलान्यास गरेका थिए। 

करिब १० अर्ब बराबरको लागतमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठानमा प्रशासनिक तथा शैक्षिक भवन, खेल मैदान, स्विमिङ पुललगायत भौतिक संरचना निर्माण हुनेछन्। स्थानीय वास्तुकला र आधुनिक प्रविधिको समिश्रणमा करिब ६७२ रोपनी क्षेत्रफलमा फैलिने गरी प्रतिष्ठानका भवन र अन्य संरचना निर्माण हुनेछन्। 

दिगो विकास मापदण्डअनुरुप निर्माण हुने सो परियोजना वातावरण एवं ऊर्जामैत्री हुनेछ। आधुनिक सेवा सुविधासहित निर्माण हुने संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्नेछ। 

कार्यक्रममा खाणले भारत सरकारको अनुदानमा निर्माण हुन लागेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान भवनबाट नेपाल प्रहरीको भौतिक एवं वृत्ति विकासमा सहयोग पुग्ने खाणले बताए। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले २५ वर्ष अगाडिदेखिको परियोजनालाई मूर्त रूप दिने काम सुरु भएकामा खुसी व्यक्त गरे। 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको महत्त्वपूर्ण कोसेढुंगाका रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परियोजना अघि बढेको बताए।

प्रकाशित: Sep 23, 2022| 16:20 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।