शुक्रबार, साउन १, २०८३

रक्सी किनबेचमा प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- सर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ । 

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले साेमबार गैरकानूनी रुपमा मदिराजन्य पदार्थको उत्पादन तथा बिक्रीवितरण रोक्न सरकारका नाममा आदेश जारी गरेको हो । मदिरा ऐनअनुसार निश्चित समय, उमेर समूह, स्थान र बिक्री स्थलसमेत तोक्ने भनिएअनुसार ऐनको प्रभावकारी कार्यान्वयन गर्न आदेशमा भनिएको छ । 

आदेशमा महिला हिंसाको मुख्य कारकका रुपमा मदिरा रहेको र मदिराको विज्ञापनमा समेत महिलाको प्रयोग हुने कार्य रोक्न भनिएको छ । जुरी नेपालका तर्फबाट अधिवक्ता विष्णुप्रसाद पोखरेलले दायर गर्नुभएको रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले सो आदेश जारी गरेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।