आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थ मन्त्रालय र अर्थविद् जोड्ने संयन्त्र आवश्यक : मन्त्री शर्मा

अर्थ मन्त्रालय र अर्थविद् जोड्ने संयन्त्र आवश्यक : मन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता भएको बताएका छन्।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता भएको बताएका छन्। 

सोमवार नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उनले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकारमात्र पर्याप्त नहुने भन्दै विषय विज्ञहरुको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक भएको बताएका हुन्। 

उनले अर्थ मन्त्रालय र अर्थविद्हरुलाई जोड्ने संयन्त्रको बारेमा योजना बनाइरहेको पनि बताए। कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले हामी नै जान्ने हौं भन्ने घमण्ड कर्मचारीहरुमा पलाउन सक्नेतर्फ सचेत रहेको भन्दै आफूले त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गरे। उनले कुनै नीति र योजना तय गर्दा विज्ञहरुको ज्ञान र अनुभव समेटेर अघि बढ्ने बताए। 

नेपाल आर्थिक संघका अध्यक्ष प्राध्यापक विश्वम्भर प्याकुरेलले देशको आर्थिक नीति निर्माणमा आफूहरुले अर्थ मन्त्रालयलाई सघाउँदै आएको प्रसंग उल्लेख गर्दै आगामी दिनमा पनि सो क्रम जारी रहने वचन दिए। 


प्रकाशित: Aug 09, 2021| 16:03 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्