बिहीबार, असार ४, २०८३

आचारसंहितामा हस्ताक्षर गर्न प्रधानमन्त्रीसहितका नेता बोलाउँदै आयोग

आगामी चुनावमा सत्तारुढ, प्रतिपक्षी कुनै पनि राजनीतिक दलबाट आचारसंहिता उल्लंघन गर्न नपाइने सर्तसहितको प्रतिबद्धता–पत्रमा हस्ताक्षर गराइँदै।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजाने भएको छ। आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरूलाई आगामी आइतबार आचारसंहितामा हस्ताक्षर गर्न बोलाउने भएको छ। 

National life

‘निर्वाचन आचारसंहिता लागू गर्नेबारे छलफल र प्रतिबद्धता जनाउन प्रधानमन्त्री र गृहमन्त्रीसँग आयोगले छलफल गर्दै छ। उहाँहरूलगायत अन्य पार्टीका नेतासँगको छलफलपछि आयोगले निर्णय गर्छ। सम्भवतः आइतबार प्रधानमन्त्रीको समय मिल्यो भने सोहीअनुसार अन्य दलका नेताहरूलाई पनि बोलाएर प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरेर आचारसंहिता लागू भएको घोषणा गरिन्छ,’ आयोगले भनेको छ।

निर्वाचनको मतदान मिति ५८ दिन बाँकी छ। आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भए पनि लागू हुन आयोगले निर्णय गर्नुपर्ने बताए। उनले भने, ‘आयोगले अहिलेसम्म आचारसंहिता लागू हुने मिति घोषणा गरिसकेको छैन।’

विगतमा निर्वाचन आचारसंहिता लागू हुनेबारे एकरूपता भएको पाइँदैन। ‘विगतमा कहिले एक महिनाअघि, कहिले दुई महिनाअघि र कहिले निर्वाचन घोषणा भएकै मितिदेखि पनि लागू भएको उदाहरण छ’, प्रवक्ता पौडेलले भने।

प्रकाशित: Sep 23, 2022| 13:58 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...