शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यायाधीश मनोज शर्माको इजलासमा शीतलनिवास र राष्ट्रपतिविरुद्धका सबै रिट

न्यायाधीश मनोज शर्माको इजलासमा शीतलनिवास र राष्ट्रपतिविरुद्धका सबै रिट

राष्ट्रपति कार्यालय तथा राष्ट्रपति विरुद्धसमेत दर्ता भएका ५ वटै रिट न्यायाधीश शर्माको इजलासमा परेको हो।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधान उल्लंघन गरेको दाबीसहित सर्वोच्च अदालतमा हालिएका सबै रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा परेको छ। राष्ट्रपति कार्यालय तथा राष्ट्रपति विरुद्धसमेत दर्ता भएका ५ वटै रिट न्यायाधीश शर्माको इजलासमा परेको हो। 

National life

शुक्रबार पेसीका लागि इजलासमा चढे पनि राष्ट्रपति कार्यालयविरुद्धका सबै रिट ३२ नम्बरमा परेका छन्। यसअघिका धेरै रिट निवेदन रहेका कारण शुक्रबार उक्त रिटमाथि सुनुवाइ हुने सम्भावना भने कम छ। 

राष्ट्रपति भण्डारी र राष्ट्रपतिको कार्यालयले संविधानको उल्लंघन गरेको भन्दै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय भएको सो निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र नगरेको भए प्रमाणीकरण गर्न परमादेश माग गरिएको छ।

अधिवक्ता सागर बराल, सुनीलरञ्जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टाछुट्टै राष्ट्रपति कार्यालयविरुद्ध रिट दर्ता गराएका थिए। 

शुक्रबारका लागि नै सभामुख र उपसभामुखविरुद्धको रिट पनि पेसीमा चढेको छ। सभामुख र उपसभामुखले पाउने सम्पूर्ण सेवा–सुविधा संसद्को कार्यकाल सकिएलगत्तै सकिनुपर्ने भन्दै अधिवक्ताद्वय किशोर पौडेल, अनुपम भट्टराईलगायतले सर्वोच्चमा रिट दर्ता गराएका थिए। उक्त रिट पनि न्यायाधीश शर्माकै इजलासमा परेको छ।

प्रकाशित: Sep 23, 2022| 12:15 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।