बिहीबार, असार ४, २०८३

२ लाख ३२ हजारले दिए म्यादी प्रहरीमा दरखास्त

दरखास्त दिएकामध्येबाट १ लाख १५ हजार म्यादी प्रहरीमा छनोट हुनेछन्।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षामा म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजार ८८ ले आवेदन दिएका छन्।

National life

देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न दर्खास्त दिएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए। प्रहरी प्रधान कार्यालयले ३० भदौदेखि ६ असोजसम्म दरखास्त संकलन गरेको थियो।

दरखास्त दिनेमध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुनेछन्। म्यादी प्रहरीमा भर्ना हुन १ लाख ७१ हजार ७१८ पुरुष र  ६० हजार ३७० जना महिलाले आवेदन दिएका छन्। ९ असोजबाट म्यादी प्रहरीको छनोट सुरु हुनेछ। काठमाडौं उपत्यकामा ९ हजार ७१ जनाले दरखास्त दिएका छन्। 

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मधेस प्रदेशबाट सबैभन्दा धेरै आवेदन परेको छ। मधेस प्रदेशमा ६६ हजार ८८४ आवेदन संकलन गरिएका डीआईजी राईले बताए। चुनावमा खटिने म्यादी प्रहरीले ४० दिन सरकारी सेवा गर्नेछन्। सो अवधिमा उनीहरुले तलब र रासनबापत ४१ हजार ९६० रुपैयाँ पाउनेछन्।

म्यादी प्रहरीले गाडी भाडा बापत १ हजार रुपैयाँ भत्तास्वरुप पाउँछन्। निर्वाचन क्षेत्रमा आउजाउ खर्चका लागि अर्थ मन्त्रालयले १ हजार भत्ता दिने निर्णय गरेको छ। ४० दिनमा तलबबापत म्यादी प्रहरीले ३४ हजार ७६० रुपैयाँ पाउनेछन्।

Shivam cement

प्रकाशित: Sep 23, 2022| 11:35 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...