शुक्रबार, साउन १, २०८३

के  छापे आजका दैनिक अखबारहरुले ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले नेकपाको एकतामा भद्रगोल भएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले पप्पु कन्ट्रक्सनको नालीबेलि छापेका छन् । आजको अन्नपूर्ण पोस्ट्ले शीर्ष नेतालाई नै भागबन्डा चित्त नबुझ्दा नेकपा एकतामा भद्रगोल देखिएको विषयलाई मुख्य समाचार बनाएको छ । 

केन्द्रिय कार्यालयको आन्तरिक सर्कुलरअनुसार भदौ दोस्रो सातासम्म प्रदेश तथा जिल्ला कमिटी र जनसंगठनको एकता भइसकेर पहिलो बैठक बसिसक्नु पथ्र्यो । तर, मुख्य नेताकै जोड घटाउ नमिल्दा एकता प्रक्रिया लम्बिएको अन्नपूर्णले लेखेको छ । 

यसैगरि अन्नपूर्णले कसरी भित्रियो चिनियाँ जहाज ? शीर्षकमा अर्को मुख्य खबर लेखेको छ । चिनियाँ जहाजबाट बार्षिक ३५ करोड नोक्सानी भएको, मूल्य तीन करोड ५० लाख अमेरिकी डलर भएपनि दोब्बर मूल्यमा खरिद गरेको, खरिद प्रक्रियामा पाँच पदाधिकारी संलग्न भएको समाचारमा जनाइएको छ । 

पप्पुलाई साढे ५ अर्बको पुल मात्रै शीर्षकमा मुख्य समाचार छापेको कान्तिपुरले पप्पु कन्स्ट्रकसनले अलपत्र पारेको पुलको सूची सार्वजनिक गरेको छ । ठेक्का लिने र काम अलपत्र पारेको विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आन्तरिक छानबिन समेत सुरु गरेको समााचारमा उल्लेख छ । यस्तै कान्तिपुरले सरकारसंग तीन बुँदे सहमती भएपछि चिकित्सकहरुले आन्दोलन रोकेको खबर पनि महत्वका साथ पहिलो पृष्ठमा छापेको छ ।  

नागरिक दैनिकले भने राहदानीमा जिल्ला र राष्ट्रियता नै फरक पर्ने गरि गम्भिर लापरबाही गरेको खबर लेखको छ । मुक्तिकला लामिछानेको राहदानीमा धादिङको बासिन्दालाई डोटी र नेपालीको राष्ट्रियता तिब्बतियन बनाएको पाइएको छ । यस्तै खनिजमा माफिया तन्त्र मौलाएको र कब्जा गर्ने होड चलेको खबरलाई विशेष महत्वका साथ नागरिकले छापेको छ । 

आजको नयाँ पत्रिका दैनिकले त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच शीर्षकमा मुख्य समाचार छापेको छ । उसका अनुसार उपप्राध्यापकको परिक्षामा एमएका टपरलाई लेख्न लगाइयो, प्रश्नपत्रको किनबेचपछि सतर्कता केन्द्रले हस्तक्षेप गरेको छ । सेवा आयोगमा चरम बेथिती रहेको भन्दै विज्ञहरुले नै सेवा आयोग खारेज गर्नुपर्नेमा जोड दिन थालेको समाचारमा उल्लेख छ । 

आजको कारोबार दैनिकले भने दशैँका लागि काठमाडौं उपत्यकामा ७० हजार खसीबोका ल्याउने तयारी भएको विषयलाई मुख्य समाचार बनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।