आइतबार, जेठ २१, २०८०

कञ्‍चनपुरमा सात हजार मतदाता थपिए

कञ्‍चनपुरमा सात हजार एक सय ५६ मतदाता थपिएका छन्। आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा कञ्चनपुरको मतदाताको सङ्ख्या तीन लाख दुई हजार पाँच सय नौ पुगेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

महेन्द्रनगर- कञ्‍चनपुरमा सात हजार एक सय ५६ मतदाता थपिएका छन्। आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा कञ्चनपुरको मतदाताको सङ्ख्या तीन लाख दुई हजार पाँच सय नौ पुगेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।

Everest Bank

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले कञ्चनपुरमा पुरुष मतदाता एक लाख ४६ हजार आठ सय ४८, महिला मतदाता एक लाख ५५ हजार छ सय ६२ र एक जना तेस्रो लिङ्गी गरी कूल तीन लाख दुई हजार पाँच सय नौ मतदाता पुगेको बताए।

कञ्‍चनपुरमा पुरुषभन्दा आठ हजार आठ सय १४ जना महिला मतदाताको सङ्ख्या बढी रहेको उनले जानकारी दिए। 'स्थानीय तह निर्वाचनको भन्दा अहिले सात हजार मतदाता थपिएका छन,' उनले भने, 'हामी निर्वाचनको तयारीमा जुटेका छौँ।'

कञ्चनपुरमा निर्वाचनका लागि ७६ मतदानस्थल र एक सय ३२ मतदान केन्द्र निर्धारण गरिएको र तीन सय ४६ मतदानस्थल कायम गरिएको उनले बताए। 'निर्वाचत अधिकृतले नियुक्त पाएलगत्तै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुन्छ,' उनले भने, 'मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम र अन्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्रमा स्थापना हुन्छ।' कञ्‍चनपुरमा संघीय तीन वटा निर्वाचन क्षेत्र रहेका छन् भने छ वटा प्रदेशसभा क्षेत्र रहेका छन्।   


Metro Mart
worldlink


प्रकाशित: Sep 23, 2022| 04:30. 00 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्