शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अपराध गरे प्रहरीले पनि उन्मुक्ति पाउँदैन: आईजीपी खनाल

अपराध गरे प्रहरीले पनि उन्मुक्ति पाउँदैन: आईजीपी खनाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगञ्ज- नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा अपराध गर्ने कोही पनि कानुनबाट उम्कन नपाउने बताएका छन्। उनले अपराधी गर्ने कोही सर्वसाधरण होस वा प्रहरी, गल्ति गर्ने सबैलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन्।
 
कन्चनपुरमा स्कूले बालिकाको बलत्कारपछि हत्या गरिएको मुद्दामा प्रहरीले अपराधीलाई संरक्षण दिएको आरोप लागिरहेका बेला उनको यस्तो भनाई आएको हो।

वीरगञ्जमा नवनिर्मीत वडा प्रहरी कार्यालय भवनको सोमबार उद्घाटन गर्ने क्रममा उनले भने, 'समृद्ध र सुरक्षित समाजको परिकल्पना साकार गर्नका लागि समाज र प्रहरी दुवै परीष्कृत हुनैपर्छ।” अपराध नियन्त्रणका साथै प्रहरीले नागरीक समाजसँग मिलेर सामाजिक उत्तरदायित्व पनि वहन गर्दै आएको उनले  भने ।

'समाजमा अपराध भइरहेको छ त्यसलाई छोडेर प्रहरीले समाजसेवा गर्नुपर्छ भन्ने होईन् तर आफ्ना प्राथमिकताका काम गर्दै समाजसँग पनि हातेमालो गर्दै अघि बढ्नुपर्छ', महानिरीक्षक खनालले भने। आम नागरिकले सहयोग गरेको खण्डमा प्रहरीको काम सहज हुने उनले विश्वास व्यक्त गरे।

नेपाल प्रहरी मुलुकको सुरक्षालाई प्राथमिकतामा राख्दै अघि बढीरहेको महानिरीक्षक खनालको भनाई छ। अपराधमुक्त समाज निर्माणका लागि सरकार र गृह प्रशासनले लिएको अठोट पुरा गर्न नेपाल प्रहरी तयार रहेको उनले बताए।

'भदौ १ गतेदेखी लागु भएको ऐनको मर्म बुझेर काम गर्नुपर्छ।' नागरिक समाजलाई अनुरोध गर्दै उनले थपे, 'यो सबै नागरिकका लागि हो, समाजकै लागि हो।' 

प्रहरीलाई साधन सम्पन्न बनाउन ऐनले नै निर्देश गरीसकेकाले अबका दिनमा प्रहरीको काम अझ प्रभावकारी हुने उनले बताए।

आईजीपी खनाल जिल्ला प्रहरी कार्यालय बारा र वडा प्रहरी कार्यालय विर्ता, वीरगञ्जको उद्घाटन गर्न वीरगञ्ज आएका हुन्। यस क्रममा उनले प्रदेश नम्बर २ र ३ मा रहेका आफु मातहतका निकायसँग सुरक्षा सम्बन्धि व्रिफिङ लिदै सुरक्षा व्यवस्था कायम गर्नका लागि निर्देशन दिएका छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।