आइतबार, मंसिर २१, २०८२

इसेवा पसलको कारोबार शुरु, विभिन्न छुट योजना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- राजधानीमा एक कार्यक्रमको आयोजना गरि इसेवा पसलको औपचारिक रूपमा कारोबार सुरूवात गरिएको छ। भाटभटेनी अनलाइन डटकमलाई इसेवा पसल डटकमका रुपमा रि-ब्राण्डिङ गरी एफवान सफ्ट ईन्टरनेशनलप्रालिले कारोबार सुरु गरेको हो। 

कार्यक्रममा इसेवा पसल डटकमका सिइओ मनिस श्रेष्ठले अनलाइन सपिङको क्षेत्रमा इसेवा पसल एक महत्वपूर्ण कोसेढुङ्गा हुने बताए। उनले भने ‘अबको भविश्य भनेकै अनलाइन सपिङको हो । हामी ग्राहकलाई सर्व शुलभ मूल्यमा उच्चतम् सेवा प्रदान गर्नेछौं।’

कम्पनीले इसेवा पसलको औपचारिक उद्घाटन गरेको अवसरमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दे विभिन्न किसिमका छुट योजना सार्बजनिक गरेको छ। 

छुट योजनाअनुसार ग्राहकहरूले इसेवा पसलमा सामान किन्दा इसेवामार्फत रकम भुक्तानी गरे ५ प्रतिशतसम्म क्यास ब्याक पाउन सकिनेछ। त्यस्तै नबिल बैंकको भिसा कार्डमार्फत् अनलाइन रकम भुक्तानी गर्दा २५ प्रतिशत र  कार्ड अन डेलिभरी गर्दा १० प्रतिशत क्यासब्याक पाइने कम्पनीको भनाइ छ। 

किस्तावन्दीमा सामान, साथमा लक्की ड्र

कम्पनीले किस्तावन्दीमा सामान किन्न सकिने सुविधाका साथ साथै दशैलाई मध्यनजर गरेर सामान किन्दा लक्की ड्र मार्फत आफ्ना ग्राहकलाई भिविन्न किसिमका उपहार योजना ल्याउने भएको छ। 

इसेवा पसलले सामान अर्डर गरेको २४ घण्टा भित्र निशुल्क सामान डेलिभरी गर्ने दावी गरेको छ। कम्पनीको अनुसार  इसेवा पसलमा इसेवाल गायत नेपालका अधिकांश बैंकका मोबाईल बैंकिङ, ईबैंकिङ र कार्डमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ।

सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा विक्री वितरण गर्दै आएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्