हेटौँडा- मकवानपुरको भीमफेदी गाउँपालिकामा मिनिबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ। काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा परी ६ जनाको घटनास्थलमा नै मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख वामदेव गौतमले जानकारी दिए। घाइते एक जनालाई उपचारका लागि हेटौँडा लैजाने क्रममा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका २२ जनालाई उपचारका लागि हेटौंडा पठाइएको छ। दुर्घटनामा पर्नेहरुको सनाखत हुन बाँकी छ।