शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बसको ठक्करबाट विद्यार्थीको मृत्यु, गजुरी तनावग्रस्त

बसको ठक्करबाट विद्यार्थीको मृत्यु, गजुरी तनावग्रस्त

धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ।

National life

काठमाडौंबाट गोरखा जाँदै गरेको ग१ख ४५६५ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ६ वर्षीय विजय परियारको घटनास्थलमै ज्यान गउको हो।

गजुरीकै आदर्श माविमा अध्ययनरत परियारलाई विद्यालय जाने क्रममा बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घटनापछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन्। सडक अवरुद्ध पारेका छन्। अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारी गजुरी आसपासमै रोकिएका छन्। सडक खुलाउन स्थानीय र पीडितका आफन्तहरूसँग छलफल भइरहेको प्रहरीले जनाएको छ।

गजुरीमा लाग्ने भीड कम गर्न प्रहरीले राजमार्गका ठाउँ-ठाउँमा सवारी रोकेको छन्। बसमा लगाएको आगो धुनीबेँसीबाट गएको दमकलले नियन्त्रणमा लिएको छ। आक्रोशित भीडले सडकमा नाराबाजी गरिरहेका छन्।

घटनास्थलमा थप भीड बढ्न नदिन प्रहरीले काठमाडौंतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनीघाट क्षेत्रमा सवारी रोकेको छ।

प्रकाशित: Sep 22, 2022| 13:32 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।