बुधबार, असोज ७, २०८३

भुटानबाट नेपाल आइन् ‘२ नम्बरी’ नायिका उगेन

२ नम्बरीमा मुख्य भूमिका वहन गरेकी भुटानी नायिका उगेन फिल्म प्रमोसनका लागि नेपाल आएकी हुन्।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं– २१ असोजबाट नेपाली चलचित्र ‘२ नम्बरी’ रिलिज हुँदै छ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ।

यो फिल्मलाई लिएर प्रस्तुतकर्ता किरण नेपाली उत्साहित छन्। फिल्म प्रमोसनका लागि भुटानी नायिका उगेन छोदेन नेपाल आएकी छन्। फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन बिहीबार बिहान नेपाल आइपुगेकी हुन्।

फिल्मका कलाकार सबै अन्य प्रोजेक्टमा व्यस्त हुँदा यसको निर्माण पक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन। अब नायिका उगेन भुटानबाट नेपाल आएपछि केही दिनमै ट्रेलर सार्वजनिक गर्ने निर्माण पक्षले बताएको छ।

फिल्ममा उगेनको जोडीको रूपमा नायक दयाहाङ राई रहेका छन्। यस्तै, नायिका उपासना सिंहको जोडीको रूपमा नायक सौगात मल्ललाई देखिनेछ।

‘२ नम्बरी’को टिजर हिट भइसकेको छ। २ साथीको मित्रताको कथामा यो फिल्म बनेको निर्माण पक्षले बताएको छ।

प्रकाशित: Sep 22, 2022| 13:21 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।