बुधबार, असोज ७, २०८३

प्रेमगीत–३ भारतका ५ सय हलमा एकैसाथ प्रदर्शन हुँदै

नेपाली चलचित्र प्रेमगीत–३ को हिन्दी भर्सन भारतका पाँच सय हलमा एकैसाथ रिलिज हुने भएको छ। शो पाएका अधिकांश भारतीय हलले बुकिङ खुलाइसकेको बलिउड हंगमाले जनाएको छ।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौंं– नेपाली चलचित्र प्रेमगीत–३ को हिन्दी भर्सन भारतका पाँच सय हलमा एकैसाथ रिलिज हुने भएको छ।  शो पाएका अधिकांश भारतीय हलले बुकिङ खुलाइसकेको बलिउड हंगमाले जनाएको छ।

७ असोजदेखि नेपालमा समेत प्रदर्शनमा आउन थालेको प्रेमगीत–३ लाई भारतीय दर्शकले ७५ रुपैयाँ भारुमा हेर्न पाउनेछन्। 

नेपाल र भारतसहित प्रेमगीत–३ युएई, बेलायत, क्यानडा, अमेरिका, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया र युरोपका अन्य देशसहित ५०० स्क्रिनमा रिलिज हुनेछ। 

भारतीय हलमा यो मूल्य शुक्रबार परेको ‘राष्ट्रिय फिल्म दिवस’ अवसर पारेर तोकिएको हो। फिल्मले भारतमा शुक्रबार १ करोडमाथिको व्यापार गर्ने निर्माताले जनाएका छन्।

निर्माता सुभाष कालेले भारतीय बक्स अफिसमा यो फिल्मले उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको जानकारी दिए। सन्तोष सेनले स्व. छेतन गुरुङसँग निर्देशनमा सहकार्य गरेको यो फिल्म नेपाली र हिन्दी भाषामा रिलिज हुँदै छ।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, मनीष राउत, प्रेम पुरीलगायत कलाकारले अभिनय गरेका छन्।

नेपालमा भने प्रेमगीत–३ को हिन्दी भर्सनलाई विदेशी फिल्मसरह सेन्सरका लागि अनुमति दिइएको छ।


प्रकाशित: Sep 22, 2022| 12:04 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।