शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वैदेशिक सहायताका लागि कर्णालीले माग्यो केन्द्रसँग अनुमति

वैदेशिक सहायताका लागि कर्णालीले माग्यो केन्द्रसँग अनुमति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- कर्णाली प्रदेश सरकारले वैदेशिक सहायताका लागि कोरियाको एक एजेन्सीसँग अनुमति दिन केन्द्र सरकारसँग अनुमति मागेको छ। 

कर्णाली प्रदेश सरकारको सोमबार बसेको मन्त्रीपरिषद बैठकले कर्णाली प्रदेशको विकासका लागि बहु प्राविधिक शिक्षालय सडक, खानेपानी लगायतका क्षेत्रको विकास लागि कोरियन एजेन्सीसँग सहायता सञ्चालनको अनुमति माग गरेको हो।

‘बहुप्राविधिक शिक्षालय सडक, खानेपानी, सिंचाइ, विद्युत, पर्यटन लगायतका क्षेत्रमा विकासमा वैदेशिक सहायता माग गर्ने निर्णय गरियो ।’ सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, ‘वैदेशिक सहायताका लागि कोरिया इन्टरनेशनल कोपरेशन एजेन्सीको सहायता संचालन गर्न नेपाल सरकार अर्थ मन्त्रालयलाई अनुरोध गरी पठाउने निर्णय गरियो।’

कर्णालीको आर्थिक समृद्धि र पूर्वाधार विकासमा हामीलाई वैदेशिक सहायताका आवश्यक छ।’ मन्त्री केसीले भनिन् ‘वैदेशिक सहायता विना कर्णालीको समृद्धि सम्भव छैन।’ उनले थपिन ‘हामीलाई दातृ निकायबाट आउने सहयोग संचालनका लागि समेत अनुमति प्रदान गर्न केन्द्र सरकारलाई अपिल गर्ने निर्णय गरेका हौँ।’ 

भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा निकै पछाडि रहेको बताउँदै कर्णालीमा लगानी भित्र्याउन वैदेशिक लगानी आवश्यक रहेको उनको तर्क थियो। ‘ठूला पूर्वाधार विकासमा प्रदेश सरकारले एकै पटक केही पनि गर्न सक्ने अवस्था छैन’ मन्त्री केसीले भनिन्,‘दातृ निकायहरु लगानी गर्नका लागि तयार छन्, केन्द्र सरकारले अनुमति दिएमा हामी कर्णाली वैदेशिक लगानी सदुपयोग गर्नेछौं।’

सरकारले अनुमति दिएको खण्डमा शिक्षा, स्वास्थ्य, सडक र विद्युतको विकासमा ठूलो लगानी प्रदेशमा भित्र्ने उनको दाबी थियो। मन्त्री केसीले कर्णालीमा ठूला परियोजनाहरुमा लगानी गर्ने दातृ निकायहरुसँग समन्वय भइरहेको समेत जानकारी दिइन। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।