शुक्रबार, जेठ १, २०८३

कपनमा आगलागी अपडेट : मृतक तीनै जनाको सनाखत

काठमाडौंको कपनमा भएको आगलागीमा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- काठमाडौंको कपनमा भएको आगलागीमा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ।

National life

ज्यान गुमाउनेमा ताप्लेजुङ घर भएका २७ वर्षीय कासाङ तेञ्जी शेर्पा, सङ्खुवासभा घर भइ सुकेधारा बस्ने अशोक राई र काठमाडौं महानगरपालिका वडा नम्बर २६ रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन्।

ज्यान गुमाएकाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ। आगलागीमा एक जना घाइते भएका छन्। घाइतेको उद्धार गरी चुनिखेलमा रहेको करुणा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

बुढानीलकण्ठ नगरपालिका-११ कपनमा बुधबार बेलुका आगलागी भएको थियो। आगो गएराति नै लियन्त्रणमा लिइएको थियो।

आगो निभाउन  बौद्ध रामहिटी, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रिभुवन विमानस्थलबाट एक/एक तथा काठमाण्डौ महानगरपालिकाबाट दुई गरी ९ वटा दमकल प्रयोग गरिएको थियो। यस्तै, १० वटा पानी ट्याङ्कर परिचालन गरिएका थिए।

प्रकाशित: Sep 22, 2022| 08:31 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।