शुक्रबार, मंसिर २२, २०८०

बारामा ४४ जनामा डेंगु पुष्टि, परीक्षण कीटको अभाव

बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेंगुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए।
 |  बिहीबार, असोज ६, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

बारा- बारामा डेंगुको प्रकोप बढ्दै गएको छ। डेंगुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ। बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेंगुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए। 

sagarmatha cement

उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेंगुका बिरामी फेला परेका छन्। केही उपचारपछि घर फर्केका छन् भने कतिपयको प्रदेशिक अस्पताल कलैयामा उपचार भइरहेको यादवले बताए। 

डेंगु परीक्षण गर्न कीटको अभाव भएको छ। कीट आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी गराएको यादवले सुनाए। डेंगु अझै बढ्न सक्ने उनको भनाइ छ।

बारामा डेंगुबाट अहिलेसम्म कोहीको पनि मृत्यु भएको छैन। डेंगुबाट बच्न घर वरपर सरसफाइ, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिन र सावधानी अपनाउन प्रदेशिक अस्पताल कलैयाका डा. विकेश पाण्डेयले सुझाव दिएका छन्।

प्रकाशित: Sep 22, 2022| 08:26 बिहीबार, असोज ६, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्