शुक्रबार, जेठ १, २०८३

मोरङमा एक कैदीको मृत्यु

धनकुटाको शहीदभूमि गाउँपालिका–२ का ४९ वर्षीय कुलबहादुर सार्कीको मृत्यु भएको प्रहरीले बताएको छ।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

विराटनगर- मोरङ कारागारमा बुधबार एक कैदीको मृत्यु भएको छ। धनकुटाको शहीदभूमि गाउँपालिका–२ का ४९ वर्षीय कुलबहादुर सार्कीको मृत्यु भएको प्रहरीले बताएको छ।

National life

निमित्त जेलर तुलसीराम भगतका अनुसार दुबै खुट्टा सुन्निने, ज्वरो आउने र मटुको धड्कन बढ्नेजस्ता समस्या सार्कीमा थियो। उपचारका लागि मंगलबार  कोसी अस्पताल भर्ना गरिएको थियो। शव अस्पतालमा राखिएको छ।

लागूऔषध मुद्दामा दोषी ठहर भएर कैद सजाय भुक्तान गरिरहेका सार्कीले २०७८ फागुन २६ गतेदेखि कैद भुक्तान गरिरहेको कारागारको रेकर्डमा छ।

लागूऔषध मुद्दामा सार्कीलाई जिल्ला अदालत मोरङले २०७६ भदौ ८ गते १ वर्ष ६ महिना कैद र २० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।

प्रकाशित: Sep 22, 2022| 08:00 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।