शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालेनको कटाक्ष- अदालतले नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्छ?

बालेनको कटाक्ष- अदालतले नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्छ?

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उच्च अदालत पाटनको कारण देखाऊ आदेशपछि अदालतमाथि पुनः प्रश्न गर्दै स्टाटस लेखेका छन् ।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उच्च अदालत पाटनको कारण देखाऊ आदेशपछि अदालतमाथि पुनः प्रश्न गर्दै स्टाटस लेखेका छन् । 

National life

बुधबार उच्च अदालत पाटनले टुकुचा क्षेत्रमा महानगरले चलाइरहेको डोजरको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ। आदेशपछि बालेनले फेसबुकमा अदालतमाथि प्रश्न गर्दै स्टाटस लेखेका छन्।

सामाजिक सञ्जालमा टुकुचा आसपासको काठमाडौंको पुरानो फोटो राखेर शाहले लेखेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। अदालतले टुकुचा (इछुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ?’

उच्च अदालत पाटनका न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले विश्व प्रकाश साखको मुद्दामा निवेदकको भौतिक संरचनामा क्षति नपुर्‍याउन अल्पकालिन अन्तरिम आदेश दिएको छ।

काठमाडौं महानगरले टुकुचामाथि बनाइएका संरचना भत्काउन थालेपछि त्यहाँ रहेका व्यवसायी र घरधनि गरेर २१ जनाले उच्च अदालत पाटनमा मुद्दा हालेका छन्

प्रकाशित: Sep 22, 2022| 06:45 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।