बुधबार, वैशाख ९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानमा बाढीपछि रोग र कुपोषणका कारण मृत्यु हुनेको संख्या बढ्ने : राष्ट्रसंघ

पाकिस्तानमा बाढीपछि रोग र कुपोषणका कारण मृत्यु हुनेको संख्या बढ्ने : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघका अधिकारीहरूले पाकिस्तानमा मनसुनी बाढीका कारण उत्पन्न पानीजन्य रोग र कुपोषण प्रारम्भिक जलप्रलयभन्दा बढी घातक हुने चेतावनी दिएका छन्।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

इस्लामावाद- संयुक्त राष्ट्रसंघका अधिकारीहरूले पाकिस्तानमा मनसुनी बाढीका कारण उत्पन्न पानीजन्य रोग र कुपोषण प्रारम्भिक जलप्रलयभन्दा बढी घातक हुने चेतावनी दिएका छन्। पाकिस्तानमा मनसुनी वर्षाका कारण बेलायतको एक तिहाइ भूभागमा बाढी आएको र करिब एक हजार ६०० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ।

National life

सत्तरी लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। धेरै लामखुट्टेको टोकाइबाट बच्न अस्थायी टेन्टमा बसिरहेका छन्। प्रायः स्थानमा सफा पिउने पानी वा धुने सुविधाको अभाव छ।

संयुक्त राष्ट्रसंघका मानवीय सहायता संयोजक जुलियन हर्निसले पाकिस्तानले डेङ्गु, औलो, हैजा, झाडापखाला र कुपोषणजस्ता रोगका कारण दोस्रो विपत्तिको सामना गर्नुपरेको बताए।

राजधानी इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'मेरो व्यक्तिगत चिन्ता के हो भने पानीबाट हुने रोगबाट हुने मृत्यु दर कुपोषणबाट हामीले अहिलेसम्म देखेको भन्दा बढी हुनेछ। यो एक शान्त तर यथार्थवादी बुझाइ हो।'  बाढीका कारण करिब तीन करोड ३० लाख मानिस प्रभावित भएका छन्। बाढीका कारण करिब २० लाख घर तथा व्यापारिक परिसर ध्वस्त भएका छन्। सात हजार किलोमिटर सडक बगाएको छ भने ५०० पुल भत्किएका छन्।

प्रकाशित: Sep 22, 2022| 06:00 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।