बुधबार, फागुन २०, २०८२

श्रीलंकाले ‘क्रेन अपरेटर’मा थप महिला भर्ती गर्ने

श्रीलंकाका बन्दरगाह, पानीजहाज तथा उड्डयन मन्त्री निमल सिरिपाला डी सिल्भाले बन्दरगाहमा काम गर्न थप क्रेन अपरेटर भर्ती गर्न सरकारले अग्रसरता लिने बताएका हुन्।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

कोलम्बो- श्रीलंकाले ‘क्रेन अपरेटर’मा थप महिला भर्ती गर्ने बताएको छ। श्रीलंकाका बन्दरगाह, पानीजहाज तथा उड्डयन मन्त्री निमल सिरिपाला डी सिल्भाले बन्दरगाहमा काम गर्न थप क्रेन अपरेटर भर्ती गर्न सरकारले अग्रसरता लिने बताएका हुन्। 

बन्दरगाह, पानीजहाज र उड्डयनसम्बन्धी मन्त्रीस्तरीय परामर्श समितिको पहिलो बैठकमा उहाँले धेरै देशमा महिलाले बन्दरगाहमा क्रेन अपरेटरका रूपमा काम गर्ने गरेको बताउँदै आफ्नो देशमा पनि यसलाई थप प्रोत्साहन गरिने उल्लेख गरे।

'श्रीलंकामा थोरै मात्र महिला क्रेन अपरेटर छन्। हामीले चाँडै नै थप भर्ती गर्न आवश्यक छ,'उनले भने। 

उनले श्रीलङ्का बन्दरगाह प्राधिकरणको सञ्चालन विस्तार गर्न र दक्षता बढाउन पनि अधिकारीहरूलाई निर्देशन दिए। 'कोलम्बो एसियाको सबैभन्दा व्यस्त बन्दरगाहमध्ये एक हो, तर पूर्वाधारमा धेरै पैसा खर्च गरिरहेका अन्य देशसँग प्रतिस्पर्धा गर्ने हो भने हामीले विस्तार गर्न आवश्यक छ,' उनले बताए। 


प्रकाशित: Sep 22, 2022| 00:30 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।