बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • साउदी अरबसँगको सम्बन्ध सुधारलाई इरानी राष्ट्रपतिद्वारा स्वागत

साउदी अरबसँगको सम्बन्ध सुधारलाई इरानी राष्ट्रपतिद्वारा स्वागत

इरानका राष्ट्रपति इब्राहिम रायसीले साउदी अरबसँगको सम्बन्ध सुधारलाई तेहरानले स्वागत गरेको बताएका छन्।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

तेहरान- इरानका राष्ट्रपति इब्राहिम रायसीले साउदी अरबसँगको सम्बन्ध सुधारलाई तेहरानले स्वागत गरेको बताएका छन्। 

रायसीले इराकमा दुई देशका अधिकारीबीच भएको वार्तामा भएका सहमतिका आधारमा मेलमिलाप प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए। 

न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाको ७७औँ अधिवेशनका अवसरमा इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमीसँग भएको भेटवार्तामा राष्ट्रपति ट्रम्पले सो कुरा बताएका हुन्। 

रायसीले इरान र साउदी अरबलगायत क्षेत्रीय देशहरूबीचको सम्बन्ध सुधार गर्न इराकको सद्भाव र प्रयासको प्रशंसा गर्दै तेहरानले आफ्नो क्षेत्रीय सम्बन्धमा सधैँ मुस्लिम राष्ट्रको हितलाई ध्यानमा राख्‍ने बताए। 

इराकी प्रधानमन्त्रीले इरानी सरकारको सद्भाव र आफ्नो देशसँग सहयोग विस्तार गर्ने प्रयासको प्रशंसा गरे। 

बग्दादले अहिलेसम्म तेहरान–रियाद वार्ताका लागि धेरै चरणको मध्यस्थता गरिसकेको छ। जसको उद्देश्य दुई पक्षबीच सुमधुर सम्बन्ध कायम गर्नु हो। साउदी अरबले सन् २०१६ को सुरुमा इरानस्थित साउदी कुटनीतिक नियोगमा एक शिया धर्मगुरुलाई मृत्युदण्ड दिएपछि भएको आक्रमणको विरोधमा इरानसँग कूटनीतिक सम्बन्ध तोडेको थियो। 

प्रकाशित: Sep 22, 2022| 00:01 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।