शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिमको गौरा पर्व काठमाडौंको  टुँडिखेलमा (भिडियो/फोटो)

सुदूरपश्चिमको गौरा पर्व काठमाडौंको  टुँडिखेलमा (भिडियो/फोटो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सुदूरपश्चिमको गौरा पर्व सोमबार धुमधामका साथ काठमाडौँको टुडिखेलमा मनाइको छ। प्रंशसा संरक्षण समूहले आयोजन गरेको गौरा पर्व महोत्सवमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । 

गौरा पर्वको अवसरका सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका लोकेन्द्र बहादुर चन्द, भिम रावल, लेखराज भट्ट, दिलेन्द्र प्रसाद बडु, एनपी साउँद, रमेश लेखकलगायतका नेताहरु, सुदूपश्चिमका कलाकार तथा सुदूपश्चिम घर भएर काठमाडौंमा विभिन्न पेसा, व्यवसाय तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो। 

पञ्चमीदेखिको सप्तमीसम्म लाग्ने यस पर्वमा तीन दिनसम्मै महिलाहरू निराहार ब्रत बस्ने गर्छन् भने पुरूषले देउडा खेलेर साथ दिने गर्दछन्। 

यस पर्वमा सुदुरपश्चिममा देउडा नाच नाचिन्छ। उक्त, नाच पुरूष र महिलाको छुट्टाछुट्टै हुन्छ। यस नाचमा, दोहोरी जसरी गीत लयमा, एउटा समुहले प्रश्न सोध्ने र अर्कोले उत्तर दिने  गरिन्छ। 

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यस पर्वले नारी सम्मानका साथै भातृत्वक र मित्रतालार्इ टेवा पुर्‍याउने बताए। उनले भने, ' गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने यस पर्वले साँस्कृतिक एकतालार्इ मजबुत बनाउँछ।'

अतिथि रहेको भीम रावलले गौरा पर्व तथा गौरी माताको पर्व रहेको र यसले भातृत्व तथा भगिनित्वको आभास गराउने बताए।



त्यसै गरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले नेपालको जातीय र सांस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैँ परास्त गर्दै आएको र यस्ता पर्वले सांस्कृतिक एकतालाई थप मजबुत बनाएको प्रधानमन्त्री ओलीले जानकारी दिए। 

उनले भने, 'नेपालका विभिन्न भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज र संस्कारले विविधताबीच नै एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन्।' उनले कञ्चनपुरमा भएको निर्मला पन्तको बलात्कार पछिको हत्यालाई पनि समेटोस भन्नेमा जोड दिएका थिए। यस पर्वले सबैमा सकारात्मकता र यस्ता अनैतिक कार्य नहोस् बन्ने शुभकामना दिए। 

कविदन्ती अनुसार, पौराणिक कालमा पार्वतीले  भगवान शिवलार्इ श्रीमान् पाउँ भनि नित्य निराहार ब्रत बसेको र शिवलाई वर स्वरूप प्राप्त गरेको मान्यता छ। शिव पार्वतीको पुजा अर्चानासँगै देउडा पनि खेलिन्छ। 

त्यस्तै, सामुहिक रूपमा खेलिने देउडा नाचले सामाजलाई एकिकृत बनाउने विश्वास रही आएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।