शुक्रबार, जेठ १, २०८३

कपनको लसुनटारमा आगलागी, तीनजनाको मृत्यु

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा बुधबार साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो। मृतकको भने पहिचान खुल्न सकेको छैन।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- काठमाडौंको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा बुधबार साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो। मृतकको भने पहिचान खुल्न सकेको छैन।

National life

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि नियन्त्रणमा लिइएको जानकारी दिए।

आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उनको भनाइ छ। आगलागी नियन्त्रणमा लिए पनि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको खोज तथा उद्धारको टोलीले अहिले घटनास्थलमा रहेका छन्।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताए।

प्रकाशित: Sep 21, 2022| 22:39 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।