आइतबार, मंसिर २८, २०८२

काठमाडौं स्कुल अफ लमा अस्वभाविक शुल्क वृद्धि गरेको भन्दै अनेरास्वियूको विरोध

कानुन विषयको पठनपाठन हुने यस कलेजले पाँच वर्षे बीएएलएलबीको शुल्क ९ लाख ८० हजारबाट एकैपटक १२ लाख पुर्‍याएको विद्यार्थीले बताएका छन्। पछिल्लो पाँच वर्षमा नै कलेजको शुल्क दोब्बर भएको बताइएको छ।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको काठमाडौं स्कुल अफ ल (केएसएल) मा अस्वभाविकरुपमा शुल्क वृद्धि गरेको भन्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू विरोध गरेको छ। 

National life

अनेरास्ववियूको प्रतिनिधिमण्डल बुधबार भक्तपुरको सूर्यविनायक नगरपालिका- ४ दधिकोटस्थित केएसएलमा पुगेर ज्ञापनपत्र बुझाएको छ। 

कानुन विषयको पठनपाठन हुने यस कलेजले पाँच वर्षे बीएएलएलबीको शुल्क ९ लाख ८० हजारबाट एकैपटक १२ लाख पुर्‍याएको विद्यार्थीले बताएका छन्। पछिल्लो पाँच वर्षमा नै कलेजको शुल्क दोब्बर भएको बताइएको छ।

अनेरास्ववियू पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीले एक विज्ञप्ति जारी गर्दै कानून संकायको शुल्क प्राविधिक विषयको भन्दा चर्को हुनु अतिवाद भएको उल्लेख गरेको छ।

‘शिक्षा क्षेत्रको अभिभावकत्वमा राज्यको कमजोर दायित्वको फाइदा उठाएर मनपरी शुल्क असुल्ने प्रवृत्तिको अनेरास्ववियू घोर विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ। यस कलेजले विद्यार्थीहरुलाई विभिन्न किसिमले शोषण गरिरहेको गुनासो आएकोसमेत विज्ञप्तिमा उल्लेख छ।

Laxmi sunrise bank
kumari

आफूहरुले मनोमानी रुपमा बढाइएको शुल्क फिर्ता गर्न तीन दिनको अल्टिमेटम दिएको अनेरास्ववियू केन्द्रीय सदस्य जश्मिन ओझाले बताइन्। तीन दिनमा शुल्क नघटाएको खण्डमा आफूहरु आन्दोलनमा उत्रिने उनको भनाइ छ।


 

प्रकाशित: Sep 21, 2022| 18:51 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्