आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।
 |  बिहीबार, असोज ६, २०७९
nespernesper

राज सरगम

राज सरगम

बिहीबार, असोज ६, २०७९

काठमाडौं– ७ असोजदेखि विश्वभर एकसाथ प्रदर्शनमा आउन थालेको ‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका हुन्। 

triton college

चलचित्र निर्माता तथा निर्देशक अशोक शर्माले ‘प्रेमगीत ३’लाई नेपालमा हिन्दी भाषामा रिलिज नगर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘प्रेमगीत–३ का निर्माता सन्तोष सेन भाइ, वितरक मनोज राठी र गोविन्द शाही, कलाकार प्रदीप खड्का भाइहरूलाई विनम्र अनुरोध छ, नेपालमा उक्त फिल्म नेपाली अझ सम्भव भए हिन्दीमा जस्तै देशका अन्य जातजातिका भाषमा डब गरेर प्रदर्शन गरौं। तर हिन्दीमा नगरौं। यसको दूरगामी प्रभाव हाम्रो भाषा, संकृतिमा र हाम्रो क्षेत्रमा पर्छ। यो मेरो अनुरोध हो, निर्णय तपाईंहरूको।’

उनै, अशोकले अर्को स्टाटस लेख्दै भनेका छन्, ‘नेपाली फिल्म हेर्न जाने होइन? साथी। जान त जाने साथी तर नेपाली फिल्म नेपाली भाषामा हेर्ने कि हिन्दीमा?’ यो स्टाटसमा भने अशोकको व्यंग्य मिसिएको देखिन्छ। नेपाली फिल्म हिन्दी भाषामा नेपाल बाहिरका लागि तयार पारिएको हो भन्दै यसलाई नेपालमा रिलिज गर्दा दूरगामी असर पर्ने आवाज फिल्म क्षेत्रबाट उठिरहेका छन्।

तर अभिनेत्री करिष्मा मानन्धरले भने प्रेमगीत–३को हिन्दी भर्सन नेपालमा चलाउनुपर्ने पाँच कारण लेखेकी छन्। नेपाली फिल्म विश्व बजारमा पुग्न नसकिरहेको अवस्थामा नेपालीको लगानी भएको, नेपालकै सुन्दर दृश्य भएको, नेपालकै कथा बोकेको, प्राविधिकले काम गरेकोलगायत तर्क पेस गर्दै करिष्माले बोर्ड अध्यक्ष भुवन केसीलाई सुझाव दिएकी छन्। प्रेमगीत–३ लाई चिनियाँ, इटालियन, जापानी, र कोरियाली भाषामा समेत स्वरांकन गर्नुपर्ने उनको सुझाव छ। उनले सामाजिक सञ्जालमा लेख्छिन्, ‘कहिलेकाहीँ नबोलुँ भन्दा पनि बोल्नुपर्ने रहेछ! सही बोल्दा खाएको गाली, हरेक विवादित विषय बोल्दा अमृतसरह मानेर सहेकी छु। झन् विषय आफूलाई कर्ममा जन्मदिने क्षेत्र भएपछि बोल्नु अनिवार्य हुन्छ। समयले सत्य प्रमाणित गर्छ भन्ने राम्रोसँग थाहा छ। मेरो विचारमा यो चलचित्र कुनै भाषा त के ‘मुक’ चलचित्र भए पनि विवादरहित भएर सबैको साथ र सहयोग पाउनुपथ्र्यो । यसै पनि नेपाली चलचित्र विश्व बजारसम्म नपुगेको वर्तमान अवस्थामा नेपालीले नेपाली पैसा लगानी गरेको यो चलचित्र, नेपालकै सुन्दर दृश्य समेटेको यो चलचित्र, नेपालकै कथामा बनेको चलचित्र, नेपाली टेक्निसियनले काम गरेको यो चलचित्रलाई विदेशी भूमिमा चलाउनकै लागि त्यो मुलुकको भाषामा स्वरांकन गर्‍यो त के नराम्रो भयो? भाषा एउटा माध्यम हो। तिनले हाम्रो भाषा बुझ्दैनन्। त्यसैले सो कार्य गरियो होला । ठीक छ, तपाईंको विधानमा या नियममा त्यस्तै प्रावधान होला, विदेशीभाषी चलचित्रलाई निश्चित प्रतिशत कर लगाउने! लगाउनुस् तर त्यत्रो लगानी भएको चलचित्रलाई तोकेको समयमै चलचित्र हलमा लगाउन सघाउनुपर्दैन?

विवाद यसरी आउनु हुँदैन। तर विदेशी लगानी  र विदेशी चलचित्रलाई पक्कै पनि त्यहीअनुरूपको कानुन भने निर्माण गरिनुपर्छ ताकि नेपाली चलचित्र अन्यायमा नपरोस्। हिन्दी या विदेशी चलचित्र आउनासाथ सेन्सर गरेर देखाउन हतार गर्ने अनि त्यहीँनेर नेपाली लगानीमा बनेको नेपाली चलचित्र विदेशी भाषामा  स्वरांकन हुँदैमा किन यस्तो जटिल भएको?’

अलिकति समय यताउता भयो भने विदेशी सिनेमासँग प्रतिस्पर्धा गरिरहेको नेपाली चलचित्रको के हाल हुन्छ? यो उहाँ विज्ञहरूलाई जति अरू कसलाई थाहा होला? अझ मेरो सुझाव के छ भने यदि ‘प्रेमगीत ३’ त्यति स्तरीय बनेको छ र नेपाली चलचित्र भनेर अन्तर्राष्ट्रिय रूपमा देखाउने क्षमता राख्छ भने यो चलचित्रलाई विभिन्न भाषा अंग्रेजी, चाइनिज, इटालियन, जापानी, कोरियन‘ सबै भाषामा स्वरांकन गर्नुपर्छ र संसारभरि नै देखाउनुपर्छ।

Metro Mart
vianet

यसमा विकास बोर्डले सहुलियत लगानी गर्नुपर्छ । आखिर विकास बोर्ड त्यसकै लागि स्थापना भएको हो। यो संस्थाले चलचित्रकर्मीको मुस्किलको गाँठो फुकाउने हो। नियम हामीले नै निर्माण गरेका हौं र आफ्नो क्षेत्रको विस्तार गर्न र समृद्ध बनाउन नियमलाई परिमार्जन गर्न पनि सक्नुपर्छ।

रह्यो, राष्ट्रियता र विदेशी चलचित्रलाई गर्नुपर्ने नियमको कुरा।

नेपाली चलचित्र क्षेत्रले हरदम राष्ट्रको पक्षमा मुलुकलाई चिनाउने काम गरेको छ । नेपालमा काम गर्ने उपकरण नहुँदा पनि त्यही छिमेकी मुलुकका उपकरण प्रयोग गरेर नेपाली चलचित्र बनाएर यो क्षेत्रको जग हालेको छ। मुलुकको लाखौं नागरिकलाई रोजगारी दिएको छ। हामी चलचित्रकर्मीले निजी स्वार्थबाट उठेर यो क्षेत्रलाई अगाडि लैजानुपर्छ। यो विवाद यसरी आउनु हुँदैन। तर विदेशी लगानी  र विदेशी चलचित्रलाई पक्कै पनि त्यहीअनुरूपको कानुन भने निर्माण गरिनुपर्छ ताकि नेपाली चलचित्र अन्यायमा नपरोस्। हिन्दी या विदेशी चलचित्र आउनासाथ सेन्सर गरेर देखाउन हतार गर्ने अनि त्यहीँनेर नेपाली लगानीमा बनेको नेपाली चलचित्र विदेशी भाषामा  स्वरांकन हुँदैमा किन यस्तो जटिल भएको?’

कलाकार सरोज खनालले एक अन्तर्वार्तामा भुवनको बचाउ गर्दै प्रदीप खड्काको अभिव्यक्तिप्रति आपत्ति जनाए, ‘एक सुपर स्टारले छिट्टै आक्रोशमा आएर बोर्ड अध्यक्ष भुवनको राजीनामा मागिहाल्नु हुन्थेन।’ ‘प्रेमगीत’को पहिलो संस्करणका अभिनेतासमेत रहेका खनालले सुटिङ स्मरण गर्दै निर्माता सन्तोष सेनले खड्काका विषयमा प्रश्न उठाएपछि आफूले सहजीकरण गरेको दाबी गरेका छन्। नेपाली सिनेमामा केसीको महत्त्वपूर्ण योगदान रहेको भन्दै प्रशंसा गरेका थिए।

सिनियर कलाकार भएको नाताले प्रदीपले भुवनको राजीनामा मागिहाल्नु गलत भएको तर्क छ, खनालको। यति मात्रै होइन, ‘प्रेमगीत’को पहिलो संस्करणका अभिनेतासमेत रहेका खनालले सुटिङ बेलाको स्मरण गर्दै निर्माता सन्तोष सेनले खड्कालाई लिएर सुटिङ सक्छ कि सक्दैन भन्ने समस्या सिर्जना भएको र आफ्नै पहलमा प्रदीपलाई निरन्तरता दिएकोसमेत दाबी गरेका छन्।  अभिनेता खनालले केसी बोर्ड अध्यक्ष मात्रै नभएर आजको नेपाली सिनेमालाई यहाँसम्म ल्याइपु¥याउन गरेको योगदानको पनि खुलेरै प्रशंसा गरे। 

अभिनेता दीपकराज गिरीले सरोज खनालको बचाउ गर्दै प्रेमगीत–३ का निर्देशक सन्तोष सेनलाई सुझाव दिई मिलेर जान आग्रह गरेका छन्। एकअर्कालाई गालीगलौज गरेर सिनेमा उद्योग सक्नुभन्दा नियमअनुसार अगाडि बढ्न उनको आग्रह छ। उनले सामाजिक सञ्जालमा लामो स्टाटसमा लेखेका छन्, ‘आज म लेख्दै छु... भुवन केसी, अनमोल केसी, झरना थापा, म, अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ...। 

यो लिस्ट निक्कै लामो हुँदो छ दिनप्रतिदिन..। सबैलाई गाली गरेरै फिल्म चलाउने हो?  यति राम्रो हाइप हुँदाहुँदै के ग¥या यो? आफ्ना मान्छे लगाएर, सामान्य दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाई सिध्याउने हो? त्यसपछि उद्योग सकिदिने ? अनि आफूमात्रै राज गर्ने हो? घर नै नरहे कहाँ बस्छौं साथी? 

जे–जे गर्‍यौं, महान काम गर्‍यौं तर हिन्दी भाषाकोमा नियमअनुसारको कर तिर... बरु राम्रो कामका लागि नेपाली भाषाको फिल्ममा थप छुट माग सक्किगो त... यति लेखेपछि वहिष्कारमा मेरो नाम पनि थपौंला। निर्देशनअनुसार गालीगलौज पनि गरौंला पक्कै पनि। तर यति ठूलो तिमीहरूको अन्याय कसरी सहेर बस्नू? साथीहरूले कसरी सहेर बसे, मैलेचाहिँ सकिनँ, माफ पाउँ।

हरेक दिन मिडियामा आएर हंगामा मच्याउने किन? आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाऔं साथी। तपाईंको फिल्म नचल्दा हामी कसैको बेफाइदा छैन तपाईको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ । फाइदा नै छ । सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौं होइन भने एकले अर्कोलाई नसकौं ।’

अभिनेता सरोज खनालले प्रेमगीत–३ का नायक प्रदीप खड्काले बोलेको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि गिरीले सञ्जालमा लेखेका हुन्। गिरीले यसअघिको स्टाटसमा लेखेका छन्, ‘प्रेमगीत–३ चलचित्रले नेपाली बजारलाई विस्तारित गरेको छ! यसका लागि सम्पूर्ण टिम बधाइको पात्र छ! एउटै कुरा हो, अधिकार माग्नेले पनि मिल्नेसम्म मागौं! दिनेले पनि मिलेसम्म सहयोग गरौं।’ 

चलचित्र प्रेमगीत–३ लाई प्रदर्शनका साथै कर तथा राजस्व छुटमा सहुलियत प्रदान गर्ने निर्माण पक्षको मागदाबी सम्बन्धमा चलचित्र क्षेत्रको एक मात्र नियमनकारी निकाय चलचित्र विकास बोर्डबाट चलचित्र निर्माण, वितरण र प्रदर्शन ऐन तथा नियमावलीअनुसार विधि र विधानअनुरूप नै गरिनुपर्दछ भन्ने पक्षमा नेपाल चलचित्र निर्माता संघको छ।  

गायक तथा टीभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का निर्णायक राजेश पायल राई भने प्रेमगीत–३को पक्षमा देखिएका छन्। ‘राई इज किङ’ले फेसबुकमा लेख्छन्, ‘नेपालीमा त हेर्ने नै भएँ, हिन्दी भाषाको पनि हेर्छु। कोही छ, मलाई राष्ट्रघाती भन्ने?’

निर्माता संघका अध्यक्ष नवल खड्काले प्रतिकात्मक रूपमा प्रेमगीत–३ का निर्मातालाई देशद्रोही र राष्ट्रघाती बताएपछि गायक राईले खड्काको अभिव्यक्तिलाई चुनौती दिएका थिए। तर अर्को स्टाट्समार्फत खड्का आफ्नो वालमा लेख्छन्, ‘प्रेमगीत–३ को टिम अगाडि नै मैले मात्र हिन्दी डबको सवालमा उहाँहरूले हिन्दी पनि राष्ट्र भाषा हो, यसलाई नेपालीसरहको सेवा–सुविधा दिनुपर्छ नभए अदालतबाट स्टे अर्डर लिएर आउँछौं भनेकाले प्रतीकात्मक रूपमा हिन्दी भाषा नेपालको राष्ट्रिय भाषा हैन, यो नेपाली भाषासरहको राष्ट्रिय भाषा हुनै सक्दैन। यसलाई व्यक्तिगत रूपमा म स्वीकार्न सक्दिनँ र प्रेमगीत– ३ को हिन्दी डबलाई नेपालीसरहको सेवा–सहुलियत प्रदान गर्न सकिँदैन। यदि नेपालीसरह सेवा–सुविधा दिइए यो राष्ट्रघाती र देशद्रोही कदम हुनेछ। हिन्दी भाषालाई नेपालको राष्ट्र भाषासरह स्थापित गर्दछांै भन्ने उनीहरूको दाबीलाई मैले चुनौती दिएको हो।’  

बोर्डले ३० भदौमा बिहान ६ बजे फिल्म हल खोलेर राती ११ बजे बन्द गर्नुपर्ने भन्दै विज्ञप्ति जारी ग¥यो। यो निर्णय ‘प्रेमगीत–३’ लाई असफल बनाउन लक्षित भएको भन्दै निर्देशक सेन र अभिनेता प्रदीपले आपत्ति जनाए। अभिनेता खड्काले बोर्ड अध्यक्ष केसीको राजीनामै मागेका थिए। 

फिल्म हल सञ्चालकको छाता संगठन नेपाल चलचित्र संघले प्रेमगीत–३को पक्षमा उभिँदै राती १ बजेसम्म फिल्म हल चलाउन अनुमति माग्दै बोर्डमा निवेदन पेस गरेको छ। अहिले ११ बजेसम्म हल चल्न पाउने गरी सिनेमाघरले सात वा साढे ७ बजेसम्म मात्र शो राखिरहेका छन्। बोर्डका पूर्वअध्यक्ष दयाराम दाहालकै पालामा ११ बजेसम्म हल चलाउन पाइने र त्यसपछि चलाउनुपर्ने भए प्रशासनको अनुमति लिनुपर्ने निर्णय भएको थियो।

चलचित्र प्रेमगीत–३ लाई प्रदर्शनका साथै कर तथा राजस्व छुटमा सहुलियत प्रदान गर्ने निर्माण पक्षको मागदाबी सम्बन्धमा चलचित्र क्षेत्रको एक मात्र नियमनकारी निकाय चलचित्र विकास बोर्डबाट चलचित्र निर्माण, वितरण र प्रदर्शन ऐन तथा नियमावलीअनुसार विधि र विधानअनुरूप नै गरिनुपर्दछ भन्ने पक्षमा नेपाल चलचित्र निर्माता संघको छ।  

दाहालको उक्त निर्णयलाई वर्तमान अध्यक्ष केसीले कार्यान्वयनमा ल्याएका हुन्। तर ‘प्रेमगीत ३’ र दसैंको मुखमै रात्रिकालीन शोमा बन्देज गरिएको भन्दै चलचित्र संघ र फिल्म निर्माता क्रुद्ध बनेका थिए। बोर्डले ११ बजेपछि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षा अनुमति लिएर शो चलाउन पाइने उल्लेख गरेको छ। बोर्ड अध्यक्ष केसीले रात्रिकालीन शो चलाउन चाहने हल सञ्चालकसँग सूची मागेका छन्। फिल्म ‘प्रेमगीत ३’का निर्माता तथा निर्देशक सन्तोष सेन र नायक खड्काले बोर्डले आफूहरूलाई सकाउन यो नियम ल्याएको भन्ने आरोप खेपिरहेका बोर्ड अध्यक्ष केसीले विवादलाई बुधबार साम्य पारेका छन्। 

विदेशी फिल्मसरह सेन्सरका लागि अनुमति 
बुधबार साँझ बोर्डले प्रेमगीत–३ को हिन्दी भर्सनलाई विदेशी फिल्मसरह सेन्सरका लागि अनुमति दिएको छ। चलचित्र निर्माण पक्षले सम्पूर्ण कागजत पेस गरेपछि फिल्मलाई हिन्दीमा सेन्सरका लागि अनुमति दिएको हो। बोर्डले नेपालबाट डबिङका लागि अनुमति नै नलिएको, हिन्दी भर्सनमा तयार भएको भन्दै हिन्दी भर्सनको फिल्मलाई नेपाली फिल्मसरह सुविधा दिन नसकिने अडान लिँदै आएको थियो। यही कारण बोर्ड अध्यक्ष केसीले सामाजिक सन्जालमा गाली पनि खाए।

तर नेपाली फिल्मसरह सुविधा दिन नहुने अडानबाट उनी पछि हटेनन्। यसले गर्दा यो फिल्मका वितरक र निर्माताले १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने भएको छ। साथै, भारतबाट नेपाल फिल्म ल्याउँदा तिर्नुपर्ने २० हजार भन्सार शुल्क पनि वितरकले तिरेका छन्। यसले नेपाली फिल्म क्षेत्रमा आगामी दिनमा थितिसमेत बसेको छ। बोर्ड अध्यक्ष केसीको अडानका कारण आगामी दिनमा हिन्दी भाषामा डब हुने नेपाली फिल्म विदेशी फिल्मसरह नेपालमा रिलिज हुने नियम बसेको छ। सम्भवतः अब यो विवाद आगामी दिनमा निस्कने छैन।

प्रकाशित: Sep 22, 2022| 10:52 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।