शुक्रबार, साउन १, २०८३

२४ राष्ट्रका उच्च सैनिक अधिकृत काठमाडौंमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- चौबिस राष्ट्रका उच्च सैनिक अधिकारीहरु काठमाडौंको होटल हायातमा भेला भएका छन्।

११ औँ एसिया पेसिफिक इन्टिलिजेन्स चिफ कन्फरेन्सिमा भाग लिन २३ राष्ट्रका उच्च सैनिक अधिकृतहरु काठमाडौं आएका हुन्। 

नेपाली सेना र यूएस इन्डो पेसिफिक कमाण्ड डाइरेक्टोरेट अफ इन्टिलिजेन्सको संयुक्त आयोजनामा उक्त सम्मेलनको उद्घाटन प्रधानसेनापाति पुर्ण चन्द्र थापाले उद्घोटन गरेका हुन्। 

नेपालमा पहिलो पटक सञ्चालन भएको यस कन्फरेन्समा २३ राष्ट्रका उच्च तहका सैनिक अधिकृतहरु ८३ र नेपाली सेनाको तर्फबाट २० जना गरि जम्मा १०३ जनाको सहभागिता रहेको छ। भाद्र २० गतेसम्म सञ्चालन हुने यस कन्फरेन्समा सहभागी हुन आएका उच्च तहका विदेशी सैनिकहरुलाई नेपालका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गराउने कार्यक्रम समेत छ । 

यस प्रकारको बहु(राष्ट्रिय संयुक्त कन्फरेन्सले वर्तमान र भविष्यमा उत्पन्न हुन सक्ने रणनैतिक सुरक्षा चुनौतिको समाधानको लागि अन्तर्राष्ट्रिय स्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता आदान–प्रदान हुन गई सैनिक इन्टिलिजेन्सन क्षमतामा थप अभिबृद्धि गर्न मद्धत पुग्नुको साथै मित्र राष्ट्रहरुसँगको सैनिक सम्बन्ध अझ मजबूत र प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तीमार्फत जनाएको छ। 

उद्घाटन समारोहमा नेपाली सेनाका रथीबृन्दहरु, रक्षामन्त्रालयका प्रतिनिधि तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।