बुधबार, असार ३, २०८३

लेबनानलाई इन्धन उपलब्ध गराउन इरान तयार

अमिर अब्दुल्लाहियानले न्युयोर्कमा जारि संयुक्त राष्ट्र संघको ७७ औं महासभाको अवसरमा लेबनानी समकक्षी अब्दल्लाह बो हबिबसँगको भेटमा उक्त टिप्पणी गरेका हुन्।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९
National life
Shivam cement

तेहरान- इरानी विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियानले आफ्नो देश लेबनानको ऊर्जा मागलाई सम्बोधन गर्न तयार रहेको बताएका छन्। अमिर अब्दुल्लाहियानले न्युयोर्कमा जारि संयुक्त राष्ट्र संघको ७७ औं महासभाको अवसरमा लेबनानी समकक्षी अब्दल्लाह बो हबिबसँगको भेटमा उक्त टिप्पणी गरेका हुन्।

भेटका क्रममा दुई पक्षबीच महत्त्वपूर्ण क्षेत्रीय तथा विश्वव्यापी मुद्दामा विचार आदानप्रदान हुनुका साथै द्विपक्षीय सम्बन्धका बारेमा पनि छलफल भएको प्रतिवेदनले जनाएको छ। इरानका विदेशमन्त्रीले लेबनानले सामना गरिरहेको समस्या समाधान गर्न तेल र अन्य सहायता उपलब्ध गराउन आफ्नो देशको तत्परतामा जोड दिएका छन्।

पछिल्ला महिनाहरूमा, लेबनानका लागि इरानी राजदूत मोजताबा अमानीले बारम्बार आफ्नो देश लेबनानलाई इन्धन सामग्री उपलब्ध गराउन तयार रहेको बताएका छन्। विदेशी मुद्रा सञ्चितिको कमीबाट सृजित समस्याले गर्दा लेबनानले लामो समयदेखि ऊर्जाको अभाव कम गर्न पर्याप्त तेल आयात गर्न सकिरहेको छैन।

प्रकाशित: Sep 21, 2022| 04:30 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।