शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'विद्यार्थीले सर्टिफिकेट राखेर कर्जा कहिले पाउँछन्?'

'विद्यार्थीले सर्टिफिकेट राखेर कर्जा कहिले पाउँछन्?'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका सासंद सञ्‍जय गौतमले शिक्षामन्त्रीलार्इ विद्यार्थीले सर्टिफिकेट राखेर कर्जा कहिले पाउने भन्दै प्रश्न गरेका छन्। संसदमा मन्त्रीसँग सिधा प्रश्नउत्तोरमा सोमबार सांसद गौतमले शिक्षामन्त्रीलार्इ सरकारले बजेटमा विद्यार्थीलाई शैक्षिक कर्जा दिने भने पनि त्यो कार्यान्वयनको दिशामा नगएको भन्‍दै प्रश्न गरेका थिए। 

सासंद्‍ गौतमले भने,  'शैक्षिक कर्जा उपलब्ध गराउने भनेर बजेटमा भनिएको थियो तर विद्यार्थी यो कर्जाबाट बन्चित भएका छन्। यो पपुलर कुरा मात्र हो की, कार्यान्वयन पनि हुन्छ?'

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र नेकपा एमालेका विरोध खतिवडाले पनि सर्टिफिकेट राखेर विद्यार्थीलाई दिने सफ्ट लोनकोबारेमा प्रश्न गरेका थिए।

सांसदहरुले उठाएको प्रश्नको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले जवाफ दिँदै विद्यार्थीले शैक्षिक कर्जा पाउने बताए। 'दुई वर्ष अघि नै नेपालमा उच्च शिक्षाको लागि सरकारले विभिन्न विधि अपनाउने भनेको थियो। र यो यस पटकको नीति कार्यक्रम र बजेटमा आएको छ', उनले भने, 'विद्यार्थीलाई ऋण प्रदान गर्ने कार्यक्रम तयार भएको छ।'

पहिलो चौमासिकको कार्यक्रमलाई अन्तिम रुप दिन लागेको उनले बताए। यो कार्यविधिलाई सफल बनाउन बैंकलाई उत्तरदायी बनाउनु पर्ने पोखरलेको भनाई छ। प्रमाणपत्रलाई धितो राखेर कार्यक्रम अघि बढाउँदा रोजगारीमा जोड गर्नु पर्ने उनले बताए। 'सफ्ट लोन कुन-कुन विधामा लागु गर्न सक्छौं कार्यविधि तयार भैसकेको छ', उनले भने, 'यो अर्थसँग संयोजन गर्नु पर्ने छ। अर्थले पनि गृहकार्य गरिरहेको छ।'

बैंकहरुको लागि अर्थमन्त्रालयले पहल गर्नु पर्ने पोखरेलले बताए। सस्तो लोकप्रियताको लागि कार्यक्रम नल्याइएको बताउँदै उनले यो आर्थिक वर्षमा कार्यान्वयन हुने विश्वास दिलाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।