बुधबार, फागुन २०, २०८२

अमेरिकामा ८० प्रतिशत मातृ मृत्युदर घटाउन सकिने

अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (सिडीसी) ले सोमबार सार्वजनिक गरेको एउटा नयाँ प्रतिवेदनमा ८० प्रतिशत मातृ मृत्यु नियन्त्रण गर्न सकिने प्रकारको रहेको उल्लेख छ।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

लस एन्जेलस- अमेरिकामा अहिले भइरहेको मातृ मृत्यु दरमा ८० प्रतिशतले कमी ल्याउन सकिने एक अध्ययनले देखाएको छ।

अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (सिडीसी) ले सोमबार सार्वजनिक गरेको एउटा नयाँ प्रतिवेदनमा ८० प्रतिशत मातृ मृत्यु नियन्त्रण गर्न सकिने प्रकारको रहेको उल्लेख छ। 

सन् २०१७ र २०१९ मा अमेरिकाका ३६ राज्यमा गरेको अध्ययनका आधारमा यस्तो निष्कर्ष निकालिएको प्रतिवेदनमा लेखिएको छ।

अध्ययनमा समेटिएका कुल गर्भवती मध्ये २२ प्रतिशतको सुत्केरी हुनु अगाडि मृत्यु हुने गरेको देखिएको छ। 

त्यसैगरी २५ प्रतिशत गर्भवतीको मृत्यु सुत्केरी भइरहेको बेलामा वा सुत्केरी भएको सात दिन भित्रमा हुने गरेको छ। बाँकी ५३ प्रतिशतको मृत्यु भने सुत्केरी भएको सात दिनदेखि एक वर्षसम्ममा हुने गरेको पाइएको छ। 

kumari

उनीहरूको मृत्यु हुनुका मुख्य कारणहरू मध्ये मानसिक अवस्था, अत्यधिक रक्तश्राव, घाउमा हुने सङ्क्रमण, बच्चाको खवर अवस्थीति, मुटुसम्बन्धी समस्यालगायत रहेका छन्। 

सिडीसीका निर्देशक वान्दा बार्फिल्डले गर्भवती तथा सुत्केरीको मृत्यु हुने मुख्य कारणहरूलाई पर्याप्त रुपमा घटाउन सकिने दावी गर्नुभयो।

त्यसका लागि स्वास्थ्य प्रदर्शनात्मक कार्यक्रमहरू धेरै सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। 'मातृ मृत्युका धेरै कारणहरूलाई घटाउन सक्ने देखिन्छ, त्यसका लागि राज्यका निकायहरूले पर्याप्त पहल गर्नुपर्दछ,' उनले भने।


प्रकाशित: Sep 21, 2022| 05:00 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।