शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दोहोरो अंकसहित उकालोमा नेप्से, ५४ करोड ६० लाखको कारोबार

दोहोरो अंकसहित उकालोमा नेप्से, ५४ करोड ६० लाखको कारोबार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेप्से बजार दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १५.९८ अंकले बढेर एक हजार २०६.२६ विन्दुमा पुगेको छ। नेप्से बजारमा आएका अधिकांश समूहको परिसूचक हरियो भएपछि नेप्से बजार बढेको हो।

त्यस्तै ‘क’ वर्ग कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.०७ अंकले बढेर २५४.८७ विन्दुमा पुगेको छ। कारोबार शुरु भएको साताको दोस्रो दिन सोमबार १६९ कम्पनीको पाँच हजार ९७१ कारोबारबाट १८ लाख ९८ हजार ३०५ शेयर खरिद बिक्रीबाट ५४ करोड ६० लाख २१ हजार ७१९ रुपैयाँको कारोबार भएको छ।

आइतबार पनि नेप्से बजार बढेको थियो । नेप्से परिसूचक ८.५९ अंक बढेर एक हजार १९०.२८ पुगेको थियो।

दशमध्ये आठ समूहको परिसूचक बढ्यो
 
नेप्से बजारमा आएका १० विभिन्न समूहमध्ये आठ समूहको  परिसूचक बढेको छ। जसमा सबैभन्दा बढी  ननलाईफ इन्स्योरेन्सको  परिसूचक ९६.६६ अंक बढेर पाँच हजार  ८९०.२४ विन्दुमा पुगेको छ।
 
त्यसपछि उत्पादनमुलक समूहको  परिसूचक ९३.२, लाईफ इन्स्योरेन्स समूहको परिसूचक ७२.४८, हाइड्रोपावर समूहको परिसूचक १९.९८ अंक बढेको छ।

बैंकीङ समूहको परिसूचक १५.६९, विकास बैंक समूहको परिसूचक १२.७२, फाइनान्स समूहको परिसूचक ४.५ र माइक्रोफाइनान्स समूहको परिसूचक ३.३ अंक बढेको छ ।
यसैबिच होटेल र अन्य समूहको परिसूचक भने क्रमशः २.२६ र ०.३ अंक घटेको  छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्