मंगलबार, वैशाख २९, २०८३

डा केसी पक्ष र सरकारबीचको वार्ता आज पनि निष्कर्षविहीन

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा भएको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाबारे छलफल भएपनि निष्कर्ष भने ननिस्किएको डा केसीको तर्फबाट वार्ता टोली सदस्य प्रितम सुवेदीले जानकारी दिए।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका विभिन्न ७ बुँदे मागसहित ९ दिनयता अनशनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता आज पनि निष्कर्षविहीन भएको छ।

National life

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा भएको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाबारे छलफल भएपनि निष्कर्ष भने ननिस्किएको डा केसीको तर्फबाट वार्ता टोली सदस्य प्रितम सुवेदीले जानकारी दिए।  

वार्तामा प्रधानमन्त्री कार्यालयका सचिव डा रामप्रसाद घिमिरे, स्वास्थ्य सचिव डा रोशन पोखरेल र शिक्षासविच रामकृष्ण सुवेदी सहभागी थिए। नेपाल मेडिकल एसोसिएसनबाट डा अनिलविक्रम कार्की सहभागी थिए। डा केसीको तर्फबाट डा जीवन क्षेत्री, डा लिजन महर्जन, प्रितम सुवेदी, ओम प्रकाश अर्याल, डा विष्णु पोखरेल थिए। 

वार्ता बुधबार पनि हुनेछ। यसअघि आइतबार र सोमबार भएको वार्ता पनि निष्कर्षविहीन भएको थियो। 

उता, डा केसीलाई लिन धनगढी गएको नेपाली सेनाको स्काइ ट्रक (हेलिकोप्टर) भने रित्तै फर्किएको छ। डा केसीले सरकारी खर्चमा काठमाडौं जान इन्कार गरेपछि गृह मन्त्रालयले पठाएको स्काइ ट्रक रित्तै फर्किएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए। 

डा केसी धनगढीको सेती प्रादेशिक अस्पतालमा ९ दिनदेखि अनसनरत छन्। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई लिन गृह मन्त्रालयले स्काइ ट्रक पठाएको थियो। डा.केसीले आफूले राखेका मागहरु सम्बोधन नभएसम्म अनशन जारी राख्ने अडान लिँदै आएका छन्।

प्रकाशित: Sep 20, 2022| 19:07 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्