बुधबार, असार ३, २०८३

अस्थायी मतदाता नामावली संकलन तालिका प्रकाशन

१४ कात्तिकमा अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने आयोगले कार्यसूची बनाएको छ।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं– निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलन तालिका प्रकाशन गरेको छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन सुरु भएको हो।

National life

६ देखि ८ असोजसम्म अस्थायी मतदाता नामावली संकलन हुने आयोगले बताएको छ। आयोगका अनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारीका अतिरिक्त ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी अस्थायी मतदाताका रूपमा सूचीकृत हुन पाउनेछन्।

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई सञ्चालन भएको वृद्धाश्रममा बसेकालाई अस्थायी मतदाता नामावलीमा समावेश हुन योग्य मानिनेछ।

अस्थायी मतदाता नामावलीका लागि सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउने व्यवस्था गरिएको आयोगले जनाएको छ। ८ देखि २६ असोजसम्म सम्बन्धित निकायका प्रमुखले मतदाता नामावलीमा समावेश हुने व्यक्तिको नामावली प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउने तालिका निर्धारण भएको छ।

१ कात्तिकमा मतदाता विवरण रुजु गरी प्रारम्भिक अस्थायी मतदाता नामावली प्रकाशन गर्ने, २–३ मा प्रारम्भिक अस्थायी नामावलीमा छुट भएका वा प्रकाशित विवरणमा त्रुटि भएका व्यक्तिले नाम समावेश गर्न तथा त्रुटि सच्याउन निवेदन दिन सक्ने आयोगले बताएको छ। 

Shivam cement

प्राप्त निवेदनमाथि जाँचबुझ गरी ४ कात्तिकमा संशोधित अस्थायी नामावली प्रकाशन गर्ने, ५–६ कात्तिकमा संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको सम्बन्धमा दाबी विरोधका लागि निवेदन पेस गर्ने, ७–११ कात्तिकसम्म दाबी विरोधको निवेदनउपर जाँचबुझ गरी निर्णय गर्ने तथा १२–१३ कात्तिकमा अन्तिम अस्थायी मतदाता नामावली तयार गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ। आयोगका अनुसार १४ कात्तिकमा अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यसूची छ।

प्रकाशित: Sep 20, 2022| 16:15 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...