बुधबार, असार ३, २०८३

रवीन्द्र मिश्रलिखित ‘विचारभन्दा माथि देश’ सार्वजनिक

राजतन्त्र फर्काउने, संघीयता मास्ने र हिन्दु–बौद्ध राष्ट्र बनाउने वकालत गर्छ, किताबले।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं– ३ असोजमा लेखक तथा राजनीतिज्ञ रवीन्द्र मिश्र पाठकका लागि विमोचनै नभएको नयाँ किताबमा हस्ताक्षर गरिरहेका थिए। उनका पाठक हातमा किताब समाएर प्रज्ञा प्रतिष्ठानको डबलीमा उभिएका थिए। तर अपराह्न ठूलो पानी परेसँगै भागाभाग भयो।

National life

पानीबाट जोगिँदै प्रतिष्ठानकै एउटा हलमा किताबको विमोचन भयो। संवैधानिक राजसंस्थाका समर्थक मिश्रले संविधानलाई भित्रदेखि कहिल्यै स्वीकारेनन् तर आफ्नो नयाँ पुस्तकको लोकापर्ण समय भने संविधान दिवसकै दिन छाने । लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको संविधान दिवस अवसरमा उनले ‘विचारभन्दा माथि देश’ लोकर्पाण गरे। 

राजतन्त्र फर्काउने, संघीयता मास्ने र हिन्दु–बौद्ध राष्ट्र बनाउने वकालत गर्छ, किताबले। २०६२÷६३ को जनआन्दोलनले विस्थापित गरिसकेको राजसंस्था र विचारलाई पुनःस्थापित गर्न पहल गर्न सक्छ, ‘विचारभन्दा माथि देश’ पुस्तकले।

देशभर संविधान दिवस मनाइरहँदा मिश्रले प्रज्ञाप्रतिष्ठानमा राजा अपरिहार्य भएको दलील प्रस्तुत गरे। उनले मञ्चबाटै २०६२/६३ को जनआन्दोलन पनि सम्झिए। उनले भने, ‘राजतन्त्र किन हटाउने भन्दै प्रश्न गर्दा मलाई  पश्चगामी भनियो।’

त्यसबेला राजा र जनताबीच आएको फाटोमा विदेशीले चलखेल गरेर राजतन्त्र समाप्त पारेको उनको निचोड थियो। बारम्बार राजा हटाउन नहुने भनिरहँदा आफ्नो कुरा कसैले नसुनेको भन्दै उनले भने, ‘त्यो आन्दोलनको हुरीमा कसैले मेरो कुरा सुनेनन्। २०७२ को संविधान स्वीकारेरै त्यतिखेर साझा पार्टी दर्ता गरें। चुनाव लडें तर २०७६ अन्ततिर आउँदा यो देश ठीक दिशामा नगएको महसुस भयो।’ 

Shivam cement

त्यसपछि मिश्रको मनमा पहिल्यैदेखि गढेर रहेको ‘राजा मोह’ ‘मार्ग परिवर्तन’का नाममा उजागर भएको थियो। मञ्चबाटै मिश्रले विदेशी हस्तक्षेप बढेको, भू–राजनीतिको जालोमा मुलुक फसेको भन्दै केही बेर आक्रोश पोखे। उनले भने, ‘नयाँ पुस्तालाई राजतन्त्रको इतिहास नपढाएर गलत गरिएको छ। गलत इतिहास पढाएर युवा पुस्तालाई राजनीतिमा फसाइएको छ।’

केही समय अगाडि मिश्रले पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्र एक दिन राजा भएको हेर्न मन छ भन्दै ट्वीट गरेका थिए भने सोमबार उनले राजा मुलुकको संकट मोचक भएको जिकिर गरे।

विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा दिइसकेका मिश्र यतिखेर राप्रपा प्रवेशको तयारीमा छन्। राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा जाने कुरा चले पनि निधो भइसकेको छैन। चुनावको मुखमा दलहीन भएका मिश्रले ‘विचारभन्दा माथि देश’को आवरणमा राजतन्त्र पक्षधरको सेन्टिमेन्ट आफ्नो पक्षमा पार्ने रणनीति अपनाएका छन्। उनले भने भने, ‘कसैले पश्चगामी भन्लान् भनेर डराउँदै डराउँदिनँ।’ उनले राजनीतिक यात्रामा आफूले जितेर देशलाई हराउने नचाहेको भन्नसमेत भ्याए। 

कार्यक्रममा कम्युनिस्ट नेता सीपी मैनालीले मैनालीले राजा महेन्द्रले २०१५ मा प्रजातन्त्रमाथि कू गरेको विषयलाई समर्थन गरे। किताब फाइन प्रिन्टले प्रकाशन गरेको हो।

प्रकाशित: Sep 20, 2022| 14:32 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।