बुधबार, असार ३, २०८३

कवि राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ विमोचन

कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ। सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा कवि/साहित्यकार श्यामल, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि/समीक्षक एवं प्राध्यापक गीता त्रिपाठी र लेखक/समीक्षक राजकुमार बानियाँ लगायतले कृतिको विमोचन गरेका हुन्। 

National life

विमोचनपछि कृतिमाथि समीक्षात्मक अन्तरक्रिया गरिएको थियो। प्रस्तोता राजकुमार बानियाँले वक्ता श्यामल, शलभ र त्रिपाठीलाई पालैपालो कवि तारकिणीका कविताको भावभूमि, सबल पक्ष, समकालीन कवितामा उनको स्थान र सीमाबारे प्रश्न गरेका थिए। 

कवि श्यामलले कवि तारकिणीका कविता सशक्त रहेको बताउँदै भने, ‘झारपात कुरा उठाएर राजेन्द्रले समय खर्च गरेका छैनन्। कवितामा राजेन्द्रको चिन्ता शासकप्रतिको हैन, आम सामान्य मान्छेको चिन्ता छ। त्यसैले उनका कविता भूपि, रिमालका कविताकै चिन्तासँग मिल्दोजुल्दो छ।’

‘कविताको किताब पढिसकेपछि त्यसभित्रका कविता सम्झिइयो भने म त्यस्तो कृतिलाई सफल कृति ठान्छु। कवि तारकिणीको यो किताब पढिसक्दा मैले १०/१२ वटा कविता सम्झिएँ। त्यसैले यो कृति सफल छ,’ कार्यक्रमका अर्का वक्ता राजेन्द्र शलभले भने।

उनले तारकिणीका कविता कुनै वादसँग जोड्नु आवश्यक नरहेको बताए। ‘तारकिणीका कविता उनको मनकै अभिव्यक्ति हुन्, ती कवितामा आफ्नै शैली भएकाले सफल छन्,’ उनले भने। 

Shivam cement

कवि एवं समीक्षक गीता त्रिपाठीले यो युगलाई पढ्न चाहनेहरुका लागि कुनै समय राजेन्द्र तारकिणीका कविता पनि एउटा इतिहास बन्ने बताए। उनले भने, ‘तारकिणीका कविता विम्बैविम्बले भरिएका छन्। दोहोरिएका विम्ब छैनन्।’

कार्यक्रममा युवानेता माधव पन्तले कविबारे संक्षिप्त टिप्पणी राख्दै गाउँदेखि सहरसम्म आइपुग्दाका उतारचढाव, श्रवणशक्ति गुमाउँदाको पीडा र हालको संघर्षबारे बताए। यसैगरी नेपाली सांकेतिक भाषामा पहिलो शोध (थेसिस) गरेकी शिलु शर्माले सांकेतिक भाषाका माध्यमबाट कवि तारकिणीलाई सञ्चारमा सहजीकरण गरेकी थिइन्। शिखा बुक्सले प्रकाशन गरेको पुस्तक ६ खण्डमा विभाजित छ। जसमा ५४ कविता संग्रहित छन् भने पुस्तकको मूल्य ३०० रहेको छ।

प्रकाशित: Sep 20, 2022| 09:13 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।