बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चिनियाँ रक्षामन्त्री र पाकिस्तानी सेनाप्रमुखबीच भेटवार्ता

चिनियाँ रक्षामन्त्री र पाकिस्तानी सेनाप्रमुखबीच भेटवार्ता

चीनका राज्य परिषद् सदस्य तथा तथा रक्षामन्त्री वेई फेङ्हेले सोमबार पाकिस्तानका सेनाप्रमुख कमर जावेद बाजवासँग भेटवार्ता गरेका छन्।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

बेइजिङ- चीनका राज्य परिषद् सदस्य तथा तथा रक्षामन्त्री वेई फेङ्हेले सोमबार पाकिस्तानका सेनाप्रमुख कमर जावेद बाजवासँग भेटवार्ता गरेका छन्। 

दुई देशका उच्च अधिकारीबीचको नियमित कार्यक्रमअन्तर्गत भेटवार्ता भएको बताइएको छ।

भेटमा वेईले भने, 'सदाबहार रणनीतिक सहयोगात्मक साझेदारको रूपमा, चीन र पाकिस्तान सधैं विश्वसनीय र सबैभन्दा भरपर्दो मित्र रहेको र यो सम्बन्धमा वैश्विक परिस्थिति जस्तोसुकै बनेपनि आगामी दिनमा पनि निरन्तरता रहीरहनेछ। दुवै पक्षले विभिन्न जोखिम र चुनौतीलाई संयुक्त रूपमा सम्बोधन गर्न आफ्नो क्षमता अभिवृद्धि गर्न जारी राख्नुपर्छ र दुवै देशको साझा हितको रक्षाका साथै यस क्षेत्रमा शान्ति र स्थिरताका लागि मिलेर काम गर्नुपर्छ।'

उक्त अवसरमा बाजवाले पाकिस्तानको बाढी विपत्तिपछि चीनले गरेको सहयोगप्रति आभार प्रकट गर्नुहूँदै चीनलाई धन्यवाद दिएका थिए। 

पाकिस्तानले एक चीन नीतिलाई दृढतापूर्वक पालना गर्ने बताउँदै उनले दुई सेनाले संयुक्त अभ्यास र प्रशिक्षणका साथै अन्य क्षेत्रमा सहयोगलाई अझ बढाउने उल्लेख गरे। 

kumari

--- 

प्रकाशित: Sep 20, 2022| 04:30 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।