बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ऊर्जा आपूर्तिलाई सुरक्षित गर्न जर्मन चान्सलर स्कोल्ज साउदी अरब जाँदै

ऊर्जा आपूर्तिलाई सुरक्षित गर्न जर्मन चान्सलर स्कोल्ज साउदी अरब जाँदै

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले खाडी भ्रमणका क्रममा साउदी अरबको भ्रमण गर्ने र साउदी युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्ने भएका छन्।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

बर्लिन- जर्मनीका चान्सलर ओलाफ स्कोल्जले खाडी भ्रमणका क्रममा साउदी अरबको भ्रमण गर्ने र साउदी युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्ने भएका छन्। 

आगामी साता कतार र संयुक्त अरब इमिरेट्स (युएई) को दुई दिने भ्रमणका क्रममा स्कोल्ज युवराजसँग भेट्ने पछिल्लो पश्चिमा नेता हुनेछन्। सन् २०१८ मा वासिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न भएको आशङ्कामा बिन सलमानलाई केही समय अघिसम्म पश्चिममा परायाको रुपमा हेरिन्थ्यो। 

तर युक्रेनमाथिको आक्रमणलाई लिएर बढ्दो तनावबीच रूसले ग्यास आपूर्तिमा कटौती गरेपछि युरोप र उसका सहयोगीहरूले प्राकृतिक ईन्धनको नयाँ स्रोतको खोजी गरिरहेका बेला उनीहरूबीच भेटवार्ता हुनेभएको हो।

सरकारी प्रवक्ता स्टेफेन हेबेस्ट्रेइटका अनुसार एक व्यापारिक प्रतिनिधिमण्डलका साथ स्कोल्जले शनिबार साउदी अरेबियाको भ्रमण गर्नेछन्। साउदी अरबमा रहँदा उनले युवराज विन सलमानसँग भेट्नेछन्। उनले स्वास्थ्यमा प्रतिकुलता नरहेमा राजा सलमानसँग पनि भेट्नेछन्।

उनले स्कोल्जको खाडी भ्रमणको कारणबारे विस्तृत जानकारी नदिए पनि ऊर्जाको विषयमा छलफल नभए आफू ‘निकै आश्चर्यचकित’ हुने बताए। 

kumari

प्रवक्ताले खशोग्गीको हत्याको विषयमा छलफल हुने विश्वास पनि व्यक्त गरेका छन्।

गत जुलाईमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पेरिसमा बिन सलमानसँग वार्ता गर्नुभएको थियो भने अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबको भ्रमण गरेका थिए।  

आइतबार स्कोल्जले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल–नाह्यानसँग भेटवार्ता गर्नेछन्। रूसी अर्थमन्त्री रोबर्ट हेबेकले रूसको ऊर्जा आपूर्तिको प्रमुख विकल्पका रुपमा हेरिएको ग्याससँग सम्बन्धित सम्झौतामा स्कोल्जले हस्ताक्षर गर्ने बताएका छन्। 

अपरान्ह चान्सलरले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गर्नेछन्। रूसी ग्यासको विकल्प खोज्ने प्रयासमा हेबेकले मार्चमा कतार र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गरिसकेका छन्।

आपूर्ति कटौती गर्ने रूसको निर्णयले युरोपमा ऊर्जा सङ्कट निम्त्याएको छ, उपभोक्ता र व्यवसायहरूले जाडो नजिकिदै जाँदा बढ्दो बिलहरूको सामना गरिरहेका छन्। 

प्रकाशित: Sep 20, 2022| 05:30 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।