काठमाडौं- नबिल बैंकले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि प्रदान गरिने शैक्षिक कर्जाको प्रकृयालाई अझै सहज बनाएको छ ।
विद्यार्थीहरुले सम्बन्धित कलेज/विश्वविद्यालयबाट भर्नाको लागि अफर–लेटर प्राप्त गर्नुअघि नै शैक्षिक कर्जाको लागि बैंकमा आवेदन गर्न सक्ने बैंकका नायब महाप्रबन्धक रमेश लोहनीले बताए ।
विद्यार्थीहरुले प्रयासरत कलेज÷विश्वविद्यालयको पाठ्यक्रम र त्यसको लागि लाग्ने अनुमानित खर्च प्रष्ट पार्ने कागजातसहित बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सकिने बताइएको छ ।
यो नयाँ व्यवस्थाले शैक्षिक कर्जा सेवा प्रदान गर्न अत्यन्त सहज हुने अपेक्षा गरिएको छ । जसबाट विद्यार्थीलाई एकातिर कर्जा प्रकृयाको लागि पर्याप्त समय उपलब्द हुनेछ भने अर्कातिर शत्रमा देखिने चाप तथा छोटो समयमा प्रकृया पुर्र्याउनु पर्ने वाध्यताबाट विद्यार्थीहरु मुक्त हुनेछ ।
संशोधित शैक्षिक कर्जा प्रकृयाको बारेमा जानकारी गराउनको लागि बैंकले विभिन्न शैक्षिक परामर्शदाताहरुसँग भदौ ८ गते अन्तक्र्रिया कार्यक्रम समेत सञ्चालन गरेको जानकारी गराएको छ ।
नबिल बैंकले ७४ शाखाहरु, ११८ एटिएम काउण्टर, १५ सयभन्दा बढी रेमिट एजेण्टसहितको ब्यापक स्थानीय सञ्जाल तथा संसार भरीका प्रशस्त सम्पर्क संस्थाहरुको माध्यमबाट देश–विदेशमा आफ्नो सेवालाई विस्तार गरिरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४